तेस्रो भक्तपुर औधोगिक सांस्कृतिक,पर्यटन तथा व्यापार मेला हुदै 

म्यूजिक खबर
प्रकाशित: १५ चैत्र २०७३, मंगलवार
सुर्य चन्द


काठमाडौँ : “नया बर्ष नया सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत” भन्ने मूल नाराका साथ नेपाली नया बर्षको पूर्व सन्ध्यामाभक्तपुरमा तेस्रो  भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७३/७४  यहि आउदो चैत २२ गते  देखि बैशाख २ गतेसम्म भक्तपुरको सल्लाघारी स्थित तिनकुने चौरमा हुने भएको छ l लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथाव्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्था र मध्यपुर ब्वाइज ब्याण्ड नेपाल सस्थाको संयुक्त आयोजनामाभक्तपुरमा तेस्रो पटक तेस्रो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७३/७४ आयोजना हुन लागेको हो l

Bhaktapur.mela.
यस बारेमा आयोजक कमिटिले एक पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो l  भक्तपुर आफैमा एक धार्मिक, सास्कृतिक, रपर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले भक्तपुरको आन्तरिक तथा बाह्य पर्यटनमा बृदि गरि आर्थिकरुपले पनि मजबुत बनाउने र भक्तपुरलाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी यस मेलाका संयोजकदिपक थापाले दिए साथै बिगतका बर्षमा भएका कमि कमजोरीलाइ यो पटक सुधार गर्दै  तेस्रो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटनतथा व्यापार मेलालाइ एतिहासिक बनाउने जानकारी पनि गराए l
उक्त मेलामा २ सय भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु,कृषितथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटोमोबाइल, विभिन्न ब्रान्डका मोबाइलअन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र नृत्य प्रतियोगिता, सास्कृतिक प्रदर्शनी, चिडियाघर, राष्ट्रिय तथा अन्तरास्ट्रिय खानमहोत्सब, ब्यापार तथा पर्यटकीय प्रदर्शनी र चर्चित गायक तथा गायिका द्वारा लोक दोहोरि गित समेत प्रस्तुत हुनेछ l मेलामा बिक्रिवितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था छ भने मेलामा प्रवेश शुल्क रु ४० र ३० मात्र रहेकोजानकारी पनि ब्यबस्थापन कमिटीले गराएको छ l
Bhaktapur. Mela
तेस्रो औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७३/७४  मा करिब ५ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमानगरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला, हास्यब्यङ्ग प्रदर्शन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुतीसर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य  सन्दिप महतलेगराए साथै उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्णनेपाली समुदायलाइ उनले आव्हान गरेका छन् र यो मेलाले भक्तपुरलाइ मात्र नभएर अन्य बाह्य छिमेकि जिल्लाका बासिन्दाहरुले समेतलाभ लिन सक्ने कुराको जानकारी पनि उनले गराएका थिए l  उक्त पत्रकार सम्मेलनमा मध्यपुर ब्वाइज ब्याण्डका प्रमुख सुनिलबज्राचार्य, औधोगिक शान्ति नेपाल सस्थाका उपाधक्ष्य राज कुमार खड्का,महासचिब शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल तथा स्टलसंयोजक बिनोद जैसवालको समेत उपस्थिति रहेको थियो l
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु