तोला तोलाको हिसाब खोज्दैछन् सिताराम

म्यूजिक खबर
प्रकाशित: १० कार्तिक २०७१, सोमबार

काठमाडौं, १० कार्तिक । गायक सिताराम यतिखेर चिन्तामा छन् । गृहस्थी सम्हाल्नका लागि प्रेम गर्नेहरुसँग उनको मन खिन्न छ । आफ्नो तोलाको हिसाब नगर्ने तर राजनीतिमा लाग्नेको भने आनाको पनि पर्चा छापेर चर्चा गरेपछि उनलाई तनाव भएको हो । बोल्नेहरुको मुठीको जित नबोल्नेको कोही पछि नपर्ने यो कस्तो विडम्वना । सितारामलाई पनि यही तनावले यतिखेर गाजेको छ ।

गायक पोखरेलको एल्बम ‘सम्मान २’मा रहेको यो गीतको भिडियोमा सिताराम, मोडल सुरभी जैन, ध्रुव सिग्देललगायतले फिचरिङ गरेका छन् । कुमार विवाहितको शब्द रहेको गीतमा बसन्त सापकोटाको संगीत छ । प्रसन्न पौडेलले निर्देशन गरेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र सुदिप बरालको छायांकन रहेको छ । गायक पोखरेलका अनुसार कोशी व्यारेज, कन्याम, भेडेटारलगायतका रमणीय स्थानमा गीतको छायांकन गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु