त्यतातिर ठिकै होला नि ?

म्यूजिक खबर
प्रकाशित: १२ माघ २०७२, मंगलवार

नेपाली सांगीतिक क्षेत्रमा लेखनको बिधामा परिचय बनाएका गीतकार गणेश चौंलागाईंले ‘त्यतातिर ठिकै होलानी’ भनेर प्रश्न गरेका छन् । परदेशिएको श्रीमानलाई मनमा जति नै पीर तथा जलन भएनि आफ्नो पिडा श्रीमतीले पोख्न नसकेको गुनासो चौंलागाईंले गरेका छन् । नेपाली संगीत क्षेत्रमा निरन्तर समर्पित भएका चौंलागाईंले गीत मार्फत यस्तो गुनासो गरेका हुन् ।

परिवारको मुख्य सदस्य विदेशिएपछिको वास्तविकतालाई चित्रण गर्दै ‘मनमा पीर छ, मुटुमा जलन छ, खुसी जस्तै देखिने चलन छ, त्यतारि ठिकै होला नी ? सुनाउ भनें यताको हालखबर परदेशीको मनै रोला नि जस्ता शब्द मार्फत समाजको वास्तविकतालाई उनले गीतमा ल्याउन सफल भएका छन् । चौंलागाईंको यो गुनासो उनको वास्तविक जिवनमा लागू हुन्छ या हुँदैन तर आम नेपाली समाजमा यो यथार्थ बनेको अवस्था छ ।

mahendra gautam
राजकुमार बगरको संगीत तथा लय रहेको उक्त गीतलाई चर्चित तथा लोकप्रिय गायीका मुना थापा मगरले स्वर दिएकी छिन् । गोकर्ण आसपासका रमणीय क्षेत्रमा छांयाकन गरिएको उक्त गीतलाई कपिल लामाले निर्देशन गरेका छन् । त्यस्तै बिन्ध्यबासिनीको निर्माण रहेको छ भने म्यूजिक भिडियोमा महेन्द्र गौतम र सुमित्रा भण्डारीले अभिनय गरेका छन् । नया पुराना कलाकार्हरु सँगको सहकार्य लाई अङाल्दै गीत लेखनको बीधामा परीचय बनाएका चौंलागाईंले देशको वर्तमान प्रतिकुल अवस्था र पारिवारीक विछोडको पीडाको चित्रण ‘त्यतातिर ठिकै होला नी ’ म ागर्न खोज्नु अहिलेको समाजमा सान्दर्भिक देखिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु