थापाको गीतसंग्रह मनभित्रको मन

म्यूजिक खबर
प्रकाशित: ३० आश्विन २०७४, सोमबार

३० असोज २०७४, काठमाडौं । कवि तथा गीतकार कृष्णबहादुर थापा क्षेत्रीको पछिल्लो गीतिसंग्रह ‘मनभित्रको मन’ गीतकार संघ नेपालको आयोजनामा एक कार्यक्रमका माझ सार्वजनिक गरिएको छ । अनामनगरस्थित विनायो क्याफेमा कार्यक्रमको आयोजना गर्दै वरिष्ठ कवि तथा गीतकार रत्नशमशेर थापाको हातबाट सार्वजनिक गरिएको हो । १२० वटा गीतहरु समावेश रहेको उक्त गीतिसंग्रहलाई सार्वजनिक गर्दै वरिष्ठ गीतकार थापाले कृष्णबहादुर थापा क्षेत्री एक असल गीतकारको रुपमा भित्रिएको बताए । प्रवासको बसाईलाई घरबासका दुःखसुख र माटोसँग प्रस्तुत गर्न सफल भएको बताउँदै गीतकार थापाले आगामी दिनमा यसको निरन्तरता दिन छाड्न नहुने बताए ।


त्यस्तै गीतकार कृष्णबहादुर थापाले कार्यक्रमलाई स्वागत गर्दै प्रवासमा बचेको समयलाई साहित्यमा लगाएको बताए । मनमा बहकिएका सुखदुःख, मिलन बिछोडलाई नै गीतमा उतारेको हुँ । मातृभूमिको माटोको गन्ध मात्र दिएको गीतकार थापाले बताए ।


कार्यक्रममा बोल्दै पत्रकार अशोक प्यासी राईले गीतकार थापा एक सशक्त कवि भएकै कारण उहाँका गीति लेखन पनि सशक्त बन्न पुगेको बताए । त्यस्तै गीतकार रमेश अधिकारीले गीतकार थापाका बारेमा बोल्दै उहाँसँगको सहकार्य र गीति लेखन उच्चकोटीको बन्दै गएको बताए । त्यसैगरी कार्यक्रमका सभापति गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटाले थापा गीत माटो र मुटुसँग सम्बन्धित रहेको बताए । आफ्नो संस्थाका आजीवन सदस्य थापासँग भौतिक रुपमा नजिक नभए पनि सिर्जनाका माध्यमले नजिक भएको बताए । कार्यक्रम संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागीले संचालन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु