थापाको ढाका टोपी शिरैमा

म्यूजिक खबर
प्रकाशित: २ असार २०७४, शुक्रबार

असार २, २०७४, काठमाडौं


अष्ट्रेलियामा अध्ययन गरिरहेका गैंडाकोट, नवलपरासीका गायक श्याम थापाले गाएको राष्ट्रिय गीत ‘ढाका टोपी शिरैमा…’ को भिडियो सार्वजनिक भएको छ । सानैदेखि संगीत तथा गायनमा रुची राख्ने गायक थापाले प्रस्तुत गीतमार्फत देशभक्तिलाई दर्शाएका छन् । उक्त गीतमा सुनिता थापाका शब्दहरु छन् भने ईन्द्र आरपीले यो गीतलाई संगीतबद्ध गरेका हुन् ।

Dhaka Topi Shirama_1

दिलिप समनद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा गायक थापासहित अधिकांश कलाकारहरु दौरा–सुरुवाल तथा ढाका टोपीमा सजिएका छन् । भिडियोमा देशका महत्वपूर्ण सम्पदा, कला तथा संस्कृतिलाई पनि चित्रण गरिएको छ । मिलन शंकरद्वारा छायांकन गरिएको यो म्युजिक भिडियोको सम्पादन शितल लम्सालले गरेका हुन् । भिडियोमा संगीतकार ईन्द्र आरपीले मुख्य भूमिका निर्वाह गरेका छन् भने पूर्णिमा, दर्शना तथा म्यानुअलले पनि अभिनय गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु