थापाको मनोमानीका कारण सांस्कृतिक संघको चुनाव स्थगित

म्यूजिक खबर
प्रकाशित: २४ माघ २०७३, सोमबार

माघ २४, काठमाण्डौ । नेपाली कांग्रेस निकट कलाकर्मीहरुको संस्था नेपाल सांस्कृतिक संघको दोस्रो महाधिवेशनसँगै हुन लागेको चुनाव स्थगित भएको छ । संघका अध्यक्ष तीर्थ थापाको मनोमानीपूर्ण ढंगले जिल्लाका प्रतिनिधिहरु काठमाडौंमै बसेर तय गरेको कुनै पनि जिल्लामा नभएको भन्दै प्रतिनिधिहरुले चुनाव स्थगित गरेका हुन् ।

MG_9834-300x225
संघको दोस्रो महाधिवेशन माघ २१ बाट २३ गतेसम्म काठमाडौंमा संचालन भएको थियो । भृकुटीमण्डपस्थित बाल्मिकी विद्या पिठमा आयोजना गरिएको अधिवेशनमा ७५ जिल्लाका ९४३ प्रतिनिधिहरुको  उपस्थिति थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेपश्चात् चुनावी बन्दसत्रसँगै कांग्रेसका संस्थापन र देउवापक्षका नेताहरुको दैलोमा दौडने क्रम जारी रहेकै बेला २३ गते वाल्मिकीबाट कांग्रेस कार्यालय सानेपामा चुनाव गर्ने भन्दै बोलाइएको थियो । दिनभर जिल्लाका प्रतिनिधिहरुलाई पार्टी अफिसमा जात्रा देखाएपछि अन्नतः संघका अध्यक्ष तीर्थ थापाको एकलौटी निर्णय र मनोमानी भएको भन्दै चुनाव स्थगित गरेर प्रतिनिधिहरु जिल्ला फर्केका छन् ।

tirtha-thapa
संघमा तीर्थ थापाले पौडेल पक्षका कुनै पनि प्रतिनिधिलाई मान्य नहुने भन्दै देउवापक्ष हो भन्नेलाई मात्र काठमाडौंमा बसेर प्रतिनिधि बनाएको आरोप प्रतिनिधिहरुको रहेको छ । थापाले धेरै जिल्लाका प्रतिनिधिहरुलाई काठमाडौंमै साँठगाँठ गरेपछि चुनावमा आएका प्रतिनिधिहरु को–को हुन् भन्ने प्रष्ट नभएका कारण भित्रभित्रै देउवापक्षको आडमा थापाले भोटर संख्या बढाइरहेको, पौडेलका प्रतिनिधिहरुलाई बन्देज गर्दै अगाडि बढाइएको कारण चुनाव स्थगित गर्नुपरेको आरोप प्रतिनिधिहरुले लगाएका छन् ।

संघमा तीर्थ थापाको खिलापमा गायिका सुषमा कार्की, गायक नन्दकृष्ण जोशी लगायत देवी आचार्यका कलाकारहरुले उम्मेदवारी दिएका थिए । तीन दिनसम्म चलेको महाधिवेशनमा विधान नै तीन चोटी फेरवदल भएको भन्ने आरोपसमेत प्रतिनिधिहरुले लगाएका थिए । पटक पटक विधानलाई फरक फरक रुपमा बजारमा ल्याउँदै अन्यौलमा राखेर थापाले आफ्नो एकाधिकार प्रकट गरेको सदस्यहरुको आरोप छ । थापाले दुई कार्यकाल संघको कार्यभार सम्हालिसक्दा पनि हालसम्म झोलामा नै अफिस लिएर हिंडिरहेको र चियापसलमै अफिस राख्दै प्रतिनिधि छनौट गर्दै आएको बन्दसत्रमै कुरा उठेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु