थापाले ल्याए धादिङ नौबिसे

म्यूजिक खबर
प्रकाशित: २० कार्तिक २०७४, सोमबार

२० कार्तिक २०७४, काठमाडौं । गायक दिपसागर थापा र गायिका मुना थापाको स्वरमा रहेको नयाँ गीत ‘धादिङ नौबिसे’ बजारमा आउने तयारीमा रहेको छ । गीति लेखनको क्षेत्रमा सक्रिय रहेका प्रभात सुवेदीको शब्द सिर्जनामा रहेको उक्त लोकदोहोरी गीत धादिङ नौबिसे लोकपारखीहरुको मन जित्न सफल हुने विश्वास लिइएको छ । गायक दिपसागर थापाको लय सिर्जनामा रहेको उक्त गीत मायाप्रेम कै सेरोफेरोमा आधारित रहेको छ ।


नफिजाउँ भो मायाको जालो
यदि तिम्रो छ भने मन कालो
धादिङ नौबिसे
पिरतीमा ख्याल ठट्टा नगर बिग्रेला भविश्य
दिप इन्टरटेनमेन्टबाट बजारमा आउन लागेका यो गीत मायाप्रेम भित्र ख्याल ठट्टा गर्नुहुन्न भन्ने सन्देश सहित यही दिपावलीबाट सार्वजनिक हुने भएको छ । यो गीतको म्यूजिक भिडियोसमेत निर्माण गरिएको छ । प्रकाश भट्टको निर्देशनमा बनेको उक्त म्यूजिक भिडियोमा गायक थापाको साथमा सरिश्मा राम्जालीको अभिनय रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु