दरबार रोधी घरमा भेटिइन् श्वेता खड्का (फोटोफिचरसहित)

म्यूजिक खबर
प्रकाशित: २२ फाल्गुन २०७२, शनिबार

काठमाडौं । अभिनेत्री श्वेता खड्का बिहीबार साँझ उत्तर ढोकास्थित दरबार रोधी घरमा भेटिइन् । रोधी घरमा भेटिँदा उनले निकै अप्ठ्यारो महशुस गरेकी थिइन् । उक्त रोधी घरको औपचारिक उद्घाटन गर्न उनी त्यहाँ पुगेकी हुन् ।

क्लवको उद्घाटनपश्चायत श्वेताले भनिन्, ‘म पहिलोपटक यस्तो माहोलमा सहभागी भएकी हुँ । त्यसैले केही अप्ठ्यारो महशुस भएको छ ।’ उनले रोधी घरमा माहोल देख्दा रमाइलो लागेको पनि बताइन् । ‘सञ्चाल दाईहरुले मलाई आज यहाँ सहभागी हुने मौका दिनुभयो’ उनले भनिन्, ‘रोधी घरको माहोल रमाइलो रहेछ ।

यो रोधी क्लवले दिनभरी कामबाट थकित मनहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली लोक–संस्कृतिको समेत जगेर्ना गर्नेछ भन्ने मेरो विश्वास छ ।’ पछिल्लो समय सार्वजनिक कार्यक्रममा कमैमात्र देखिँदै आएकी श्वेता रोधी घरमा करिब एक घण्टा बसेर फर्किएकी थिइन् ।

Darbar-Rodhi-screennepal-5

दरबार रोधी क्लव एक वर्षअघि नै सञ्चालनमा थियो । तर, बिहीबारदेखि यसलाई पुनः नयाँ व्यवस्थापनमा सञ्चालनमा ल्याइएको हो । यस रोधी क्लवलाई अर्जुन खरेल र प्रकाश खरेलले सञ्चालनमा ल्याएका हुन् । सञ्चालकमध्ये अजुर्नले भने, ‘दरबार रोधी क्लवले ग्राहकलाई चर्चित कलाकारबाट मनोरञ्जन प्रदान गर्नुका साथै स्तरिय खाना उपलब्ध गर्नेछ ।’ उनले बेलुकी ७ बजेदेखि १ बजेसम्म ग्राहकलाई सेवा प्रदान गर्ने पनि बताए ।

Darbar-Rodhi-screennepal-2

उद्घाटनको अवसरमा राखिएको औपचारिक कार्यक्रममा गीतसंगीत क्षेत्रका विभिन्न चर्चित कलाकारहरुको पनि सहभागी थियो । दरबार मार्गको उत्तर ढोकामा रहेको यस रोधी घरमा शिव हमाल, पिएन सापकोटा, विक्रम थापा, डोलराज बाह्रघरे, गंगा पुनलगायतका चर्चित लोक गायक÷गायिकाले गीतसंगीत पस्किनुका लोकनृत्य तथा हास्यव्यंग्य समेत प्रस्तुत गरिन्छ ।

Darbar-Rodhi-screennepal-5

Darbar-Rodhi-screennepal-4

नयाँ व्यवस्थापनमा ‘दरबार रोधीघर’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु