दर्शकको मन जित्दै सुरजको ‘कालो कपाल’

म्यूजिक खबर
प्रकाशित: २८ कार्तिक २०७४, मंगलवार

कार्तिक २७, काठमाडौं । गायक सुरज श्रेष्ठले ‘कालो कपाल’ बोलको गीतको म्यूजिक भिडियो लिएर दर्शक तथा स्रोता माझ आएका छन् । सार्वजनिक गरिएको छोटो समयमा नै उक्त गीतले दर्शकको मन जितिरहेको छ ।

विपिन मर्मका शब्द तथा गायक उदेश श्रेष्ठको सङ्गीत निर्देशनको उक्त पप गीतको म्युजिक भिडियोलाई विभोर पोखरेलले निर्देशन गरेका हुन् । गीतमा उदेश श्रेष्ठकै सङ्गीत संयोजन छ ।

रोशन श्रेष्ठद्वारा छायांकन गरिएको उक्त भिडियोमा निशान्त तथा सोनाले अभिनय गरेका छन् । सतिज श्रेष्ठ उक्त भिडियोका सम्पादक हुन् । एशियन म्युजिकको यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त भिडियो भिडियोमा किसन भुसालको कोरियोग्राफी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु