दर्शकले हेर्ने भो लुकी लुकी

म्यूजिक खबर
प्रकाशित: ८ जेष्ठ २०७१, बिहीबार

काठमाडौं । भैरवी फिल्मस्को ब्यानरमा निर्मित कथानक चलचित्र लुकी लुकी यही जेष्ठ १६ गतेबाट देशभर एकसाथ प्रदर्शन हुने भएको छ । ईश्वरभक्त मानन्धरको प्रस्तुती, सुशिला रोकाया र विश्वभक्त मानन्धर निर्माता रहेको लुकी लुकीका लेखन, निर्देशन गौतम मानन्धर हुन । समाजमा लुकीछिपि कुनै पनि कार्य गर्दा त्यसले कस्तोसम्म परिणाम निम्त्याउछ भन्ने चलचित्रले प्रष्ट्याउन खोेजेको निर्माण पक्षले जनाए । लुकी लुकीमा विजिना रोकाया, विनोद श्रेष्ठ, किरण थापा, विश्वास घिमिरे, , सिमा केसी, विश्वभक्त मानन्धर आदिको मूख्य भुमिका रहेको छ । समसामयिक प्रेमकथालाई समेत समेटिएको लुकी लुकीमा संगित राजेन्द्र श्रेष्ठ, व्दन्व्द जनक गुरुङको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु