दर्शनाले नेपाली फिल्म बितरण गर्ने

म्यूजिक खबर
प्रकाशित: १८ फाल्गुन २०७०, आईतवार

काठमाडौं । चलचित्र बितरणको कम्पनीको रुपमा हिन्दी फिल्मलाई मात्रै बितरण गर्दै आएको संस्था दर्शना आर्टस्ले अब भने नेपाली फिल्म पनि बितरण गर्ने भएको छ । पत्रकार भेटघाट कार्यक्रम गरी औपचारिक रुपमा अबदेखि नेपाली चलचित्रहरु पनि बितरण गर्ने घोषणा गरेको हो ।
नेपाली फिल्मको बितरण सुरुवात गरेकोमा उपस्थित अतिथिहरुले शुभकामना दिएका थिए । उनीहरुले निर्माताको लगानीको प्रत्याभुती तथा आर्थिक पारदर्शीताका कुराहरुलाई जोड दिनुपर्ने बताए । आट्र्सका सिइेओ सुरेश दर्पण पोख्रेलले राम्रो सम्भावना बोकेका फिल्म मात्र बितरण गर्ने र आर्थिक पारदर्शितामा बिशेष ध्यान दिएर आट्र्स अगाडी बढ्ने बताएका छन् । त्यस्तै आट्र्सका प्रमुख दिपक अधिकारीले आगामी दिनमा फिल्मको बितरण मात्र नभएर नेपाली फिल्म निर्माणमा समेत लागनी गर्ने कार्यक्रममा बताए । दर्शनाले आफ्नो पहिलो नेपाली फिल्म बितरणको रुपमा आगामी फागुन २३ गते प्रदर्शनमा आउन लागेको चलचित्र ऋतुलाई लिएको छ भने २०७१ साल जेष्ठ २ मा उत्सब, जेष्ठ ९ मा हसिया, जेष्ठ २३ मा पुन्टे परेडलाई रिलिज गर्ने भएको छ ।
कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र संघका अध्यक्ष प्रदिप उदय लगायतको उपस्थिति रहेको थियो ।  दर्शना आट्र्सको प्रमुख दिपक अधिकारी, सीइेओ तथा निर्देशक सुरेश दर्पण पोख्रेल, बितरण ब्यबस्थापक रमेश पोख्रेल लगायत रहेका छन् ।

 suresh_darsana

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु