दशैं सम्झँदै मुग्लानीको पीडा

म्यूजिक खबर
प्रकाशित: १० भाद्र २०७४, शनिबार

१० भाद्र २०७४, काठमाडौं । जति चाडवाडहरु नजिकिँदै जान्छ विदेशिएका नेपालीहरुको पीडा झन् बल्झँदै आउँछ । गाउँघर परिवार सम्झँदै साहुको ऋणको कारण विदेशको भूमिमा पसिना बगाउनु परेको अवस्थालाई कहालीलाग्दो रुपमा लिएका हुन्छन् । नेपालीहरुको महान पर्व दशैँ तथा तिहारको अवसर पारेर गायक चुडामणि नेपाली र पूर्णकला बिसीको स्वरमा ‘म छु यता मुग्लानमा’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ ।
सुनखानी म्युजिक प्रालिको प्रस्तुतीमा प्रदेशमा रहेका युवाहरु र घरदेशमा रहेको परिवारको कथालाई समावेश गरेर उक्त गीत निर्माण गरिएको हो । ‘म छु यता मुग्लानमा’को शब्द सिर्जना गीतकार गणेश चौलागाइले गरेका हुन् भने गायक बिरही कार्कीको लय सिर्जना गरेका हुन् ।

गीतको म्युजिक भिडियो कुमार केसीको निर्देशनमा तयार भएको हो । भिडियोमा नायिका तथा मोडल रन्जिता गुरुङ र महेन्द्र गौतममा सशक्त अभिनय रहेको छ भने बालकलाकार बिशाल कार्की र हिमानी कार्कीले अभिनयमा साथ दिएका छन् ।

गीतमा परदेशीको कहानी समावेश रहेको छ । आफू मुग्लानमा हुँदा पाएको दुःख मुग्लान जाँदा साहुसँग लिएको ऋण फिर्ता गर्न नसकेको पीडा उतारिएको छ । जसमा हिन्दुहरुको महान पर्व दशैँ र तिहार जस्तो ठूलो चाडमा परिवारबाट टाढा रहनु पर्दाको पीडा र साहुको वचनलाई देखाईएको छ ।
गीतलाई अजय रेग्मीले छायांकन गरेका हुन् भने अनुप शिवाकोटीले सम्पादन गरेका हुन् । जसलाई सुनखानी म्युजिक प्रालिले नै बजार व्यवस्थापन गरेको छ ।

भिडियो लिंक

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु