‘दाइ’ नभन्न कालीप्रसादको युवतीसमक्ष यस्तो आग्रह, हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: १२ चैत्र २०७४, सोमबार

चैत्र १२, काठमाडौं । चर्चित  गायक तथा संगीतकार कालीप्रसाद बासकोटालाई पहिलो देखाईमै मनले तानेकी एक युवतीले दाइ भन्दिएपछि पिडा भएको छ । उनले एकपल्ट दाइ भनेतापनि अब दाइ नभन्न पनि आग्रह गरेका छन् । प्रसंग हो भर्खरै सार्वजनिक भएको गायक तथा संगीतकार कालीप्रसाद बासकोटाको स्वरमा रहेको गीत ‘दाइ नभन्नु ल’ को । जस गीतमा मन परेकी युवतीले दाई भनेर सम्बोधन गरेपछि युवकको मनमा उब्जिएको पीडा समेटिएको छ ।

गीतमा एकतारेको शब्द रहेको छ । त्यसमा अनिल शर्माले थप अन्तरा कोरेका छन् भने संगीत सुशान्त गौतमको छ । सो गीतमा मन परेकी युवतीले ‘दाइ’ भनेर सम्बोधन गरेपछि युवकको मनमा उब्जिएको पीडा समेटिएको छ ।

सन्देश जंग राणाको निर्देशन रहेको भिडियोमा सरस्वती श्रेष्ठ र आभाष जोशीले अभिनय गरेका छन् । भिडियोलाई सुरज श्रेष्ठले छायांकन तथा सम्पादन गरेका छन् ।

यहि गीतबाट नयाँ डान्स ग्रुप पनि नेपाली संगीत उद्योगमा भित्रिएको छ । यसअघि चलचित्र ‘पुरानो डुङ्गा’ को ‘निर’ गीत कभर गरेर चर्चित भएको र ‘मिस्टर झोले’को गीत ‘ओखती’को कभर भिडियो प्रतियोगितामा प्रथम भएको ‘क्रिष्टल क्लज डान्स क्रू’ले ‘दाइ नभन्नु ल’को भिडियो निर्माण गरेको छ ।

हेर्नुहोस् भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु