दिदी र भाइको ‘के यो माया हो’ (भिडियो हेर्नुहोस)

म्यूजिक खबर
प्रकाशित: २४ बैशाख २०७४, आईतवार

k yo maya ho

वैशाख २४, काठमाडौं । गायिका सरु गौतमले नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘के यो माया हो’ बोलको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरेकी हुन् । उनले भिडियोमा आफ्नै भाई सरोज गौतमलाई मोडलिङ गराएकी छिन् ।

गीतका शब्द सरुका आफ्नै हुन् । संगीतकार टंक बुढाथोकीले गीतमा संगीत र एरेन्ज गरेका छन् । भिडियोमा मोडल कृष्टिना थापाले सरोजसँग रोमान्स गरेका छन् ।Saru Gautam- Saroj

बुद्ध थापाको छायांकन, निशान घिमिरेको सम्पादन रहेको गीतको भिडियो निर्देशन अनुप चापागाईंले गरेका छन् । ‘यो लभ सङ हो,’ गीतबारे सरुले भनिन्, ‘गीतमा प्रेम भाव झल्किन्छ । आशा छ दर्शकले प्रेम गर्नुहुनेछ ।’

हेर्नुहोस भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु