दिनेशले गरे एकल कविता वाचन

म्यूजिक खबर
प्रकाशित: ५ माघ २०७०, आईतवार

काठमाडौं । स्रष्टाका सिर्जनाको पनि मुल्य हुन्छ भन्ने दरिलो प्रमाण देखिएको छ हिजो पोखरामा । साहित्य कला र संगीतको विकासमा क्रियाशील पोखरेली युवा सांस्कृतिक परिवारले ‘स्रष्टा सिर्जना र साँझ’ श्रृंखला अन्तरर्गत शनिबार पोखरामा प्रसिद्ध कवि दिनेश अधिकारीको एकल कविता वाचनको आयोजना गर्यो । टिकटदर सहित आयाजित सो कार्यक्रममा स्रष्टाको उपस्थितिले सिर्जनाको मुल्य माथि उठाएको हो । कार्यक्रममा अधिकारीले निकै गहन, तार्किक, चेतनामुलक, सर्ब प्रिय कबिता र आफ्ना केही गीत सुनाएका थिए । ‘स्रष्टा, सिर्जना र साँझ’ श्रृंखला अन्तरर्गत कवि सरुभक्त, तीर्थ श्रेष्ठ, सरस्वती प्रतीक्षालगायतका स्रष्टाको एकल कविता वाचन सम्पन्न गरिसकेको यो परिवारले यस पटक टिकट सहित कवि दिनेश अधिकारीको एकल कविता वाचन सम्पन्न गरेको हो । कविता सङ्ग्रह ‘अतिरिक्त अभिलेख’का निम्ति मदन पुरस्कार प्राप्त गर्न सफल स्रष्टा कवि दिनेश अधिकारीका अन्तरका छिटाहरू (२०३७), धर्तीको गीत (२०४४), आदिम आवाज (२०४५) अतिरिक्त अभिलेख (२०५६) र सीमान्त सपना (२०६७) शीर्षकमा ५ वटा कविता सङ्ग्रहरू प्रकाशनमा आएका छन् भनें अविराम यात्रा (२०४८) आफ्नै मन, आफ्नै आँगन (२०५४) र मन र मोडहरू (२०६३) उनका प्रकाशित गीत संग्रहका पुस्तकहरू हुन् । यसरी नै इन्द्रजात्रा (२०५१) शीर्षकको काव्य, जङ्गलको कथास् जङ्गलको व्यथा (२०५८) शीर्षकको बाल–गीति नाटक शीर्षकमा उनका कविताहरूको अंग्रेजी अनुवादको पुस्तक समेत प्रकाशनमा आएको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु