दिपक थापा र निशा पोखरेलको ‘कति राम्री हौ’ सार्वजनिक !

म्यूजिक खबर
प्रकाशित: ४ माघ २०७४, बिहीबार
माघ ४, काठमाडौं । लोकदोहोरी क्षेत्रका चर्चित गायक दिपक थापा मगर र निशा पोखरेलको नयाँ गीत ‘कति राम्री हौ ’ को भिडियो सार्वजनिक भएको छ ।
यस अगाडी पनि निकै चर्चित गीत दिएर लाखौ दर्शक तथा स्रोताको मन जित्न सफल गायक दिपक थापा मगर , नेपाली दोहोरी क्षेत्रमा निकै राम्रो सम्भावना बोकेकी गायिका निशा पोखरेलको ‘कति राम्री हौ ’ दर्शक तथा श्रोताले आफनो मनमा राख्ने गायिका निशाले बताइन । विन्दवासिनी म्युजिक प्रालीले बजारमा आजबाट ल्याएको छ ।
‘कति राम्री हौ ’ बोलको गीतको भिडियोमा साया भण्डारी, प्रेम केसी र सुमन रिजालको अभिनय देख्न सकिन्छ । गितको भिडियोलाई अहिलेका निकै ब्यस्त तथा चर्चित निर्देशक काजिश श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा अजय रेग्मीको छायांकन र रमित ओलीको सम्पादन कार्य गरेका छन् ।
गीतमा संगीतकार रमेश परियार र नारायण सुनारको संगीत रहेको छ । गीतलाई कपिल विसीले लेखेका हुन् ।
भिडियो तलको लिंकमा रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु