
भदौ १६, काठमाडौं । गायिका दीपा पन्तको नँया गीत नाची स्टेजमाको कभर भिडियो सार्वजनिक भएको छ । हाललाई रेकर्डिङ मोमेन्टहरुलाई नै भिडियोको रुप दिइएको गीतको अफिसियल भिडियो भने केही पछि सार्वजनिक गरिने र त्यो भन्दा पहिले यो गीतको कभर भिडीयो कम्पिटिसन गरिने भएको छ ।
यो गीतमा नृत्य गरि मोबाइल अथवा कुनै पनि माध्यमबाट भिडियो खिचेर गायिका पन्तको इमेल ठेगाना [email protected] मा पठाउनु पर्नेछ । उत्कृष्ट भिडियोलाई नगद रु १ लाख प्रदान गरिनेछ । प्रस्तुत गीतमा शव्द वरिष्ठ गीतकार डा. कृष्णहरि बरालको रहेको छ भने संगीत अहिलेका चल्तिका संगीतकार तारा प्रकाश लिम्बुको रहेको छ ।