दिल्लीमा मस्ती गर्दै साहिमा

म्यूजिक खबर
प्रकाशित: १९ फाल्गुन २०७०, सोमबार

काठमाडौं, १९ फागुन । गायिका साहिमा श्रेष्ठ यतिबेला दिल्लीमा मस्ती गरिरहेकी छन् । हाम्रो स्वाभिमान नामक संस्थाले आयोजना गरेको एक कार्यक्रममा सहभागी भइ साहिमा श्रेष्ठले सोह्र श्रृंगार, मस्ती, हेरेको हेरेकै जस्ता गीतहरुसँगै मस्ती गरेकी हुन् ।
आइतबार दिल्लीको प्यारेलाल भवनमा भएको उक्त सांस्कृतिक कार्यक्रममा साहिमा श्रेष्ठका अलावा दिल्लीमै रहेर नेपाली गीतसंगीतमा लागेका कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । सोह्र श्रृंगारले सजिएकी साहिमाले मस्तीगर्ने मौका दिल्लीमा पाएको बेला उनका साथमा मस्तीगर्नेहरुमा निर्देशक समन अधिकारी, सुप्रिया कटवाल, रिमेश अधिकारी, क्यामराम्यान हरि हुमागाईं पनि रहेका छन् ।
यसो त साहिमा श्रेष्ठले दिल्लीमा प्रोग्राम मात्र होइन उनले गाएका दुईवटा गीतको म्यूजिक भिडियो पनि सुटिङ गरेर फर्किने भएकी छन् । मस्ती एल्बममा रहेको राजेशपयाल राई र उनको स्वर समेटिएको यो संसार बोलको गीत र सोह्र श्रृंगार बोलको गीतको म्यूजिक भिडियो गर्ने भएकी हुन् । उनको म्यूजिक भिडियोलाई समन अधिकारीले निर्देशन गर्न लागेका हुन् भने उनको म्यूजिक भिडियोमा सुप्रिया कटवाल, बेनिशा हमाल र रिमेश अधिकारीको अभिनय रहने भएको छ ।

  sahima

 sahimas

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु