दीपाको छक्कापञ्जा ३ मा दिपिकाको इन्ट्री

म्यूजिक खबर
प्रकाशित: २९ बैशाख २०७५, शनिबार

२९ वैशाख, काठमाडौं । दीपाश्री निरौलाले निर्देशन गर्ने चलचित्र ‘छक्का पञ्जा ३’ को छायांकन शुरु भएको छ । शुक्रवार भक्तपुरस्थित सूर्य विनायक मन्दिरमा पूजाआजापछि छायांकन गरी फिल्मको शुभमुहूर्त गरियो ।
यस चलचित्रमा दीपिकाले इन्ट्री भएकी छन् । दिपिकाले यो चलचित्रमा काम गर्नु पाउनु ठूलो कुरा भएको बताइन् । ‘ममाथि विश्वास गरिदिनुभएकोमा दीपक दाइ र दीपा दिदीप्रति आभारी छु ।’, उनले भनिन् । ‘दर्शकले नयाँ जोडी हेर्न चाहिरहनुभएको थियो, कथाले मागेपछि हाम्रो टिममा दीपिकको आगमन भएको हो’, दिपकराज गिरीले भने ।


त्यस्तै चलचित्रमा ‘मंगलम्’ बाट चर्चा पाएका अभिनेता पुष्प खड्काको पनि अभिनय रहने भएको छ । उनले यो फिल्ममा दर्शक हँसाउनेछन् । मंगलममा उनले दर्शकलाई रुवाएका थिए । चलचित्रमा दीपकराज गिरी, दीपिका, पुष्पसँगै जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुरागमान कुँवर, शिशिर राणा, लक्ष्मी गिरी लगायतका कलाकारले पनि अभिनय गर्नेछन् ।


फिल्मका कार्यकारी निर्माता केदार घिमिरे हुन् त्यस्तै फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्दैछन् । फिल्मको दशैंको अवसर पारेर प्रदर्शन हुने लक्ष्य लिइएको छ । यो चलचित्र राजधानी बाहेक चित्लाङ, दमौली र बाग्लुङमा पनि गरिनेछ । चलचित्रको कथा दीपकराज गिरीले लेखेका हुन् । उनले लामो समय लगाएर फिल्मको कथा लेखेका हुन् । मुहूर्त कार्यक्रममा बोल्दै दीपकराज गिरीले नयाँ जोडी लिएको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु