‘दी माइन्ड’ लिएर आए अधिकारकर्मी पहारी

म्यूजिक खबर
प्रकाशित: १ असार २०७३, बुधबार

आधुनिक विज्ञानलाई अत्यन्तै रोचक ढंगले प्रस्तुत गरिएको उपन्यास ‘दी माइन्ड’ लिएर पाठकसमक्ष आएका छन् अधिकारकर्मी एवं विचारक माधव पहारी । उक्त उपन्यास पहारीले अनलाइनमार्फत सार्वजनिक गरेका छन् । प्रेमलाई समातेर विज्ञानमाथि लिखित दी माइन्डभित्र प्रत्येक पात्रको उपस्थिति महत्वपूर्ण र उत्तिकै रोचक रहेको छ । विज्ञान र आध्यात्मको फ्युजन यस उपन्यासमा भौतिकशास्त्रका अन्र्तग्रही यात्रालाई मुख्य आधार बनाइएको छ । उपन्यासले मानव विकासको पूर्ण यान्त्रिक चरण समेटेको छ । पछि पुनः सामान्य मनोदशमा मानव जगतलाई परिचित गराई जीवनको महाआनन्द प्रदान गर्ने विषयमा उपन्यास प्रखर बनेको छ ।

16061503the mind MADHAV PAHARI

विल्कुल फरक धार समातेर लिखित उक्त उपन्यास पढ्दै जाँदा पाठकलाई कौतुहलताले बाँधेर राख्छ । उपन्यासमा २८ खण्ड छन् । जसमा सुरुवातको १६ खण्ड पृथ्वीभित्रको क्रियाकलाप र बाँकी परग्रहका क्रियाकलाप समेटिएको छ । सशक्त आख्यानका रुपमा रहेको उपन्यास नेपाली साहित्य र पाठकले वर्गका लागि नयाँ शैलीको छ । कुनै तामझाम बिना सार्वजनिक उक्त उपन्यासलाई पाठकले चाहेको बखत माधवपहारीडटकमडटएनपीमा गएर निःशुल्क डाउनलोड गरी अध्ययन गर्न सक्नेछन् । उनी भन्छन् –“उपन्यास ज्ञानबद्र्धक भएका कारण विद्यार्थीहरुलाई र अध्ययनमा रुचि भएकालाई मध्यनजर गर्दै निशुल्क पढ्ने व्यवस्था मिलाइएको हो । दोहोरो मापदण्ड राख्नुभन्दा सबैले निशुल्क अध्ययन गरुन् र एउटा छुट्टै ज्ञानको अनु्भूति गरुन् भनी निःशुल्क उपलव्ध गराइएको हो । ज्ञानको कसरी मूल्य तोकेर सीमित गर्ने भन्ने पनि भाव हो ।” प्रो–पव्लिक, असल शासनमा अध्यक्ष भई सुशासन र अधिकारको क्षेत्रमा क्रियाशील माधव पहारी विभिन्न संस्थामा आवद्ध छन् । समाज परिवर्तनका लागि क्रियाशील पहारी हाल अध्ययन र अध्यापन र अनुसन्धानमा क्रियाशील छन् । पहारीले उपन्यास पढेर प्रतिकृया दिन समेत अनुरोध गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु