दुर्गाको पछि लाग्ने काले केटा को हो ?

म्यूजिक खबर
प्रकाशित: ३१ श्रावण २०७२, आईतवार

काठमाडौं । मनोरञ्जनको क्षेत्र न हो एउटा राम्रो गायिका देख्यो, मिठो स्वरको धनी भएको गायिका देख्यो भने पछि लाग्नेहरुको ताँती नै हुन्छ भन्छन् । विहे नै गरेको भए पनि राम्री गायिकाको पछि लाग्ने धेरै हुन्छन् भने विहे नभएकी गायिकाको पछि त लागि नै हाल्छन् । गायिका दुर्गा खरेलको यतिबेला एउटा काले केटा पछि लागेर हैरान पारेको कुरा बाहिर आएको छ । गायिका दुर्गा भन्छिन् – ‘एउटा काले केटो मेरो पछि लागेर हैरान पार्छ, धेरै माया गर्छु भन्छ, सम्पत्ति जति चाहिए पनि दिन्छु भन्छ ।’ जिन्दगी नै सुम्पिन चाहेको काले केटाले, जता गयो उतै आउँछ फूल बोकेर, बाटो छेक्छ अब मैले उसलाई भन्ने कुरा नै छैन, दुर्गा दोधारमा परेकी छिन् ।
छुट्छ की साथ टुट्छ की नाता, सुन्छु तिमीले मलाई, रिमझिम रिमझिम पानी प¥यो बोलको गीतबाट एकाएक चर्चाको शिखरमा आएकी गायिका दुर्गा खरेललाई अब पुनः काले केटाले पनि चर्चामा नै ल्याउने भएको छ । गायिका खरेललाई संयोग पनि त्यस्तै मिलेको छ कि चलचित्र दिलमायाकै गीतमा गीत लेख्ने गीतकार अमृत रेग्मी र अर्जुन पोखरेलको रचना र संगीतकार अर्जुन पोखरेलको एकल संगीतमा नयाँ एल्बम ‘युग’ निर्माण गर्ने मौका मिलेको छ । पहिलो एल्बम ‘दिल’ बजारमा ल्याएपछि पाश्र्व गायनमा व्यस्त बन्दै आएकी गायिका खरेलले अब भने आधुनिक एल्बम युग ल्याउन लागेकी हुन् । आधुनिक गायन होस् या चलचित्र गायन उनको स्वरको जादूमा धेरैका शब्द संगीतले स्थान पाइसकेको छ । दुर्गाको युग एल्बममा पाँच वटा गीत समावेश भएको छ । युग एल्बमको रिलिज गरिएको तीन गीतमा गायिका दुर्गाको फरक फरक फ्लेबरको स्वर सुन्न पाउँदा उनको स्वरले चर्चा पाउने पक्का छ ।
भर्खरै मात्र युट्युबमा रिलिज गरिएको तीनवटा अडियोले एकाएक सामाजिक सञ्जालहरुमा चर्चा पाउन थालेपछि दुर्गाको नयाँ युग बन्ने पक्का भएको छ । धेरैको आशाको केन्द्रविन्दूमा रहेकी गायिकाको सोलो एल्बम युगमा समावेश भएको काले केटाले बोलको गीतमा अर्जुन पोखरेलको रचना रहेको छ भने बरु यो ज्यानको, बाँकी जीवन अमृत रेग्मीको शब्द रहेको छ ।
durga-kharel
पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको एकल संगीत रहेको एल्बम युगमा जादूमय संगीत सुन्न सकिन्छ । यूट्यूबमा राखिएका तीन गीतमा एकपछि अर्को गीत सुन्दा विल्कुलै फरक देखिन्छ । गीतअनुसारको मिठासमा जसरी संगीत र स्वर बगेको छ त्यही परिधिमा गीतकार अमृत रेग्मी र अर्जुन पोखरेलका शब्दहरु कोरिएका छन् । काले केटाले र बरु यो ज्यानको बोलको गीतमा संगीतकार पोखरेलकै संगीत संयोजन रहेको छ भने बाँकी जीवन बोलको गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ । काले केटाले बोलको गीतमा काले केटाको स्वरमा भने गायक प्रमोद खरेलको स्वर समावेश गरिएको छ । एल्बमलाई द डिभाइन म्यूजिकले बजार प्रबद्र्धन गर्ने भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु