देविकाले युवराजसँग बाजा बजाइन् ! हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: १४ माघ २०७४, आईतवार

माघ १४, काठमाडौं । चर्चित लोकदोहोरि गायिका देविका के.सीले यसपाली युवराज छन्त्यालसँग बाजा बजाएकी छिन् । भर्खरै सार्वजनिक भएको गीत ‘बाजा बजाउदै”मा देविकाको साथमा युवराजले स्वर दिएका हुन् ।

गीतमा समावेस गरिएको शब्द चयनले धेरै लोक दोहोरि पारखीहरुको मन जित्न सफल भएको छ । प्रवासी जीवन आफैमा कस्टकर रहिरहँदा पनि के.सी निरन्तर लोक संस्कृतिको उजागार गर्न हेतु खटिने प्रवासी राष्ट्रिय गायिका हुन्।

“बाजा बजाउदै देश बिदेशमा हामीले नचाउने, हामीले नै हो सुन साहिली संस्कार बचाउने ” बोलको यो गितले बिशेष युवा पुस्तालाइ धर्म सस्कृति र लोप हुदै गएको गायन सैली प्रति मोह जगाउने गायिका के.सी को ठम्याई रहेको छ । गीतमा बसन्त थापाको शब्द र गायक युवराज छन्त्याल को संगित रहेको छ । प्रकाश भट्टको निर्देशनमा तयार भएको उक्त भिडियोले धेरैको मन जित्त्दै युटुबमा उकालो लाउँदै छ।

हेर्नुहोस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु