देवेन्द्रको संगीतमा तीन एल्बम

म्यूजिक खबर
प्रकाशित: २७ फाल्गुन २०७१, बुधबार

काठमाडौं । गायक तथा संगीतकार देवेन्द्र राईद्वारा संगीतबद्ध तीन एल्बम सार्वजनिक गरिएको छ । वरिष्ठ संगीतकार तथा गायक प्रकाश गुरुङको हातबाट उक्त एल्बमको सार्वजनिक गरिएको हो । संगीतकार देवेन्द्र राइको गीतिसंग्रह ‘कन्फ्युज्ड’ र गायिका अन्जु गुरुङको गीति संग्रह ‘बेला’ सार्वजनिक गरेका हुन् । झण्डै १० वर्षदेखि नेपाली संगीतक्षेत्रमा सक्रिय देवेन्द्रको आफ्नै स्वरमा रहेको यो नै आधुनिक एकल गीतिसंग्रह हो । उनको संगीतमा यसअघि नै केही गीतिसंग्रह बजारमा आइसकेका छन् ।
राईको गीतिसंग्रहमा शिव मुखियाको संगीत र शब्दमा ‘सक्दिन म अब’, सुसिल श्रेष्ठको संगीत र शब्दमा ‘बिन्ती छ तिमीलाई’, रामनाथ घिमिरेको शब्द र देवेन्द्रकै संगीतमा ‘कसरी भरपरु म’ र ‘किन आउथ्यो याद तिम्रो’, ‘बिर्स सबै बिर्सिदेउ’ र ‘काँडै हु म’, विक्रम तिमिल्सिनाको शब्द र गायककै संगीतमा ‘म नेपाली’ बोलका गीत छन् ।

त्यसै गायिका अञ्जुको गीतिसंग्रहमा रहेको ‘बा भन्छन ठुली भै’ र ‘खडेरी थियो’ बोलको गीतमा रामनाथ घिमिरेको शब्द, ‘म नेपाली’ बोलको गीतमा संगीतकार राईको शब्द र ‘जमेको छ’ बोलको गीतमा सुरेन्द्र न्यौपानेको शब्द रहेको छ । कार्यक्रममा गीतिसंग्रह ‘बेला’मा रहेको शिर्ष गीत ‘बा भन्छन् ठुली भै’को म्युजिक भिडियो पनि प्रर्दशन गरिएको थियो । राष्ट्रिय लोक संचारकर्मी नेपालको आयोजनामा उक्त विमोचन कार्यक्रम गरिएको थियो ।
उक्त अवसरमा संगीतकार देवेन्द्र राईकै संगीतमा रहेको गीतकार सुवास कार्कीले निर्माणका गरेको ‘संविधान बन्नु पर्छ’ बोलको एकल गीत र सो गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु