देशको आवाजको खोजीप्रतियोगिता

म्यूजिक खबर
प्रकाशित: ८ श्रावण २०७१, बिहीबार

काठमाडौं । नेपालीगीत सङ्गीतको क्षेत्रमा एउटा छुट्टै आवाजको खोजीनामदिइएको ‘नेशनलभ्वाईस’ राष्ट्रव्यापी गायनप्रतियोगिताहुने भएको छ । शान्ति इन्टरटेनमेन्टको प्रस्तुति रहेको‘नेशनलभ्वाईस’ माप्रथमहुनेलाई एकलएल्वम, दुईवटा चलचित्रमागीतगाउने अवसर र एक वर्ष सङ्गीत प्रशिक्षण त्यस्तै दोस्रो हुनलेलाई दुईवटा गीत रेकर्डिङ्ग र ६ महिना सङ्गीत प्रशिक्षण र तेस्रो हुनेलाई तीनमहिना सङ्गीत प्रशिक्षण र मायाको चिनो प्रदानगरिने र बिभिन्नगिफ्टहरु प्रदानगरिने आयोजकले जनाएको छ ।
नेपालीको तन, नेपाली मन र नेपालीकै रोजाई नारा दिइएको यस ‘नेशनलभ्वाईस’मा काठमाडौं लगायत देशकाविभिन्न ठाउँहरुबाट प्रतिस्पर्धीहरुको छनोट गरिनुका साथै कार्यक्रमलाई टेलिभिजनमार्फत प्रसारण गरिने छ । बरिष्ठ सङ्गीत गुरु एव सङ्गीतकार गुरुदेव कामत र सङ्गीतकार बिकाशचौधरी निर्णयक मण्डल रहेको ‘नेशनलभ्वाईस’माअन्य निर्णयकहरुलाई पनि समावेश गरिने आयोजकले जनाएको छ । संयोजक रञ्जितकुमार सहनी, सह संयोजक सुपक वस्नेत, प्रवन्धनिर्देशक सविना केसी र सीमाशाहकार्यक्रमनिर्देशकरहेको ‘नेशनलभ्वाईस’को साउनमसान्तसम्मअन्तिम र्फम भर्ने मिति राखिएको छ भने अडिसन भदौको पहिलो हप्ताबाटसुरु हुने बताइएको छ ।
लुकेर रहेकागायनप्रतिभाहरुलाई खोजिगरिने मुख्य उद्देश्य रहेको यो कार्यक्रमलाई आयोजकले नेपालीगीत सङ्गीतमा एउटै छुट्टै आवाजको खोजीभनेको छ । राष्ट्रव्यापी हुने गायनप्रतियोगितामा सहभागीबनि देशको आवाजबन्नआग्रहगरिएको छ ।
‘नेपालीगीत सङ्गीतको क्षेत्रमा एक बेग्लैआवाजको खोजिगर्न को लागि सिङ्गीङ कम्पिटिसन गर्न लागेकाहौ’ शान्ति इन्टरटेनमेन्टकी सबिना केसीले जानकारी दिइन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु