देशभक्तिका गीतहरुमा राजन

म्यूजिक खबर
प्रकाशित: ३१ जेष्ठ २०७२, आईतवार

काठमाडौं । लोकदोहोरीबाट गायकको परिचय बनाउँदै नेपाली सांगीतिक क्षेत्रमा उदाएका गायक राजन ठकुरी यतिबेला भने देशभक्तिका गीतहरुतर्फ मोडिएका छन् । सिमसिम पानी, हातमा लाग्यो शून्य, बादलभित्र जून छ, एउटा चिठी लेख्न मन लाछ लगायत दर्जनौं चर्चित लोकदोहोरी गीतहरु बजारमा ल्याएर लोकगायकको छविलाई दरिलो बनाएका गायक राजन ठकुरीले समयसापेक्ष आफूलाई आधुनिक गीततर्फ पनि मोडिसकेका छन् ।

rajan thakuri_music

आधुनिक गीतिसंग्रह परीक्षा बजार ल्याएपछि उनको गायकीलाई अझ स्रोताले हेर्ने दृष्टिकोणमा फरक पाए पनि यतिबेला माटो र जन्मभूमिप्रतिको माया ममता र आफ्नो कर्तव्यलाई देशभक्ति गीतमार्फत् उजागर गरेका छन् । देश रहे नै आफू रहिन्छ, जन्मभूमिको रक्षा गरे मात्रै आफ्नो रक्षा हुन्छ भन्ने भावसहितका ८ गीत समावेश गरिएको गीतिसंग्रह ‘गर्व’ लिएर बजारमा आउँदैछन् ठकुरी । जसमा मेरो आफ्नै इतिहास छ, सबै आफ्नो सबै समान, पुण्य पवित्र माटो मेरोलगायतका गीत समावेश रहेको उक्त एल्बममा ठकुरीकै स्वर, संगीत र शब्द रहेको छ । आदर्श डिजिटल प्रालिबाट बजारमा ल्याउन लागिएको उक्त गीतिसंग्रह नितान्त देशप्रेममा समर्पित रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु