देशभरका रङ्ग पत्रकार हेटौँडामा

म्यूजिक खबर
प्रकाशित: २७ भाद्र २०७१, शुक्रबार

शिवकुमार काशी/हेटौँडा
हेटौँडामा आयोजित तीनदिने चलचित्र पत्रकारिता कार्यशालामा सहभागी हुन देशभरका रंगपत्रकार हेटौँडामा जम्मा भएका छन् । चलचित्र पत्रकारिताका चुनौति, समस्या र समाधानको उपायबारेमा अनुभव आदान प्रदानका लागि कार्यशाला आयोजना गरिएको हो । चलचित्र पत्रकार संघ केन्द्रीय समितिको आयोजना र मकवानपुरको संयोजनमा भएको कार्यक्रमको संघका केन्द्रीय, संस्थापक र जिल्ला अध्यक्षहरुले संयुक्तरुपमा उद्घाटन गरेका थिए । कार्यशालामा बरिष्ठ पत्रकार प्रताप बिष्टले पत्रकारिताको बिधा अनुसार यो पनि एक बिधा भएको भन्दै आगामी दिनमा नेपाली चलचित्रको बिकासका लागि कलम चलाउन आग्रह गरे । पत्रकारिताका माध्यमबाट उत्कृष्ट चलचित्र निर्माणमा सहयोगी भुमिकामा उत्रन जोड दिए । कार्यक्रममा चलचित्र छायाङ्कनका लागि मकवानपुर उपयुक्त स्थल भएकाले फिल्म निर्मातालाई पत्रकारिताका माध्यमबाट यस क्षेत्रको आकषर््ाक क्षेत्रलाई पर्दामा उतार्नका लागि सहयोग पु¥याउन जिल्ला बिकास समिति मकवानपुरका सामाजिक बिकास अधिकृत रामकृष्ण थापाले आग्रह गरे ।
संघका केन्द्रीय अध्यक्ष शान्तिप्रियको अध्यक्षतमा भएको कार्यक्रममा मोहन निरौला, सस्थापक अध्यक्ष भरत शाक्य, बिजयरत्न तुलाधर, चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष रामशरण दुलाल लगाएतकाले मन्तव्य राखेका थिए । भदौ २९ गतेसम्म चल्ने कार्यशालामा देशभरका ५० जना चलचित्र पत्रकारहरुको सहभागिता छ ।

binod fja

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु