देशलाई स्वाधिनताको खाँचो छः बद्री

म्यूजिक खबर
प्रकाशित: १ पुष २०७२, बुधबार

मुलुक यतिखेर नाकाबन्दीको चपेटामा परेर अभावै अभावमा तड्पिरहेको छ । जनताहरु भोकभोकै बाँचेर पनि आफ्नो स्वाधिनता बचाउन लागेका छन् । विदेशी प्रभुको अगाडि घुँडा टेक्नुभन्दा आफ्नै देशको स्वाधिनताको लँडाइमा लागेर आफ्नै देशमा नै सम्भावनाहरु खोज्नुपर्छ गायक पंगेनीले भने ‘मिल केपी प्रचण्ड, मिल सुशील दाइ,एकताको खाँचो छ अहिले देशलाई ।’ देशभित्र नै अनेकौं सम्भावनाहरु छन् हामी अरुको मुख ताक्छौं, जे पनि अरुको भरमा पर्छौं अब त्यो अवस्थाबाट टाढा रहनुपर्छ गायक पंगेनीले भने । हामीले नाकाबन्दीबाट धेरै पाठ सिक्यौं, नेताहरु मिलेर स्वाधिनताको लँडाईमा लाग्नुपर्छ, मुलुकभित्र सम्पन्नताको बाटो खोज्नुपर्छ त्यही सन्देशसहित जनगायक बद्री पंगेनी नयाँ गीत लिएर आएका छन् ‘स्वाधिनता’ ।

badri_manju
पानीले पेट भरौंला, बरु भोकै मरौंला
बसिँदैन विदेशीको मुख ताकेर
मिल केपी प्रचण्ड, मिल सुशील दाइ
एकताको खाँचो छ अहिले देशलाई
जनगायक बद्री पंगेनीको शब्द, संगीतमा बजारमा आएको स्वाधिनता एल्बममा गायिका मन्जु गुरुङले पंगेनीलाई स्वरमा साथ दिएकी छिन् । राजेश घिमिरेको निर्देशन र छायाँकनमा निर्माण भएको म्यूजिक भिडियोलाई विन्ध्यवासिनी म्यूजिकले बजारमा ल्याएको हो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु