देशसँगै हरेक नेपालीको मन दुखेको छः महर्जन

म्यूजिक खबर
प्रकाशित: १९ माघ २०७२, मंगलवार

मुलुकमा भएको नाकाबन्दीले सबै नेपालीलाई असर पारेको छ । मुलुकको अर्थतन्त्रमा गिरावट भइरहेको छ । जनताले आफ्नो अधिकारबाट बञ्चित हुनुपरेको अवस्थालाई मध्यनजर गर्दै गीतकार एवं गायक सुरेन्द्र महर्जनले देशसँगै हरेक नेपालीको मन दुखेको बताएका छन् । साहित्यको विधामा होस् या संगीतको विधामा आफूलाई सक्रिय गराइरहेका व्यक्ति हुन् सुरेन्द्र महर्जन अमर ।

गीतकार तथा गायक सुरेन्द्र महर्जन ‘अमर’लाई पनि देशको पीडाले छोएको छ । नेपाली साहित्य तथा गायनका र चित्रकलाका क्षेत्रमा आफुलाई उभ्याएका महर्जनले आफ्नै शब्द र स्वरमा राष्ट्रिय गीत सार्वजनिक गरेका छन् । अमुल कार्कीको संगीत रहेको उक्त गीतको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ । सोमबार राजधानीको अनामनगरमा एक कार्यक्रमको आयोजना गरी महर्जनको राष्ट्रिय गीत सार्व

जनिक गरिएको हो । सम्पुर्ण देश दुखेका बेला आफुलाई पनि दुखेकाले उक्त गीत सार्वजनिक गरेको महर्जनको भनाई छ ।

surendra maharjan santosh shrestha

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु