देशुलाई एक्लोपनको विरहले गीतकार बनायो

म्यूजिक खबर
प्रकाशित: ३१ बैशाख २०७५, सोमबार

म्यूजिकखबर÷काठमाडौं

बेलायतलाई कर्मथलो बनाउँदै आएकी देशु गोले पछिल्लो समय नेपालकै कला संस्कृतिमा होमिन आइपुगेकी छन् । गीत रेकर्डिङको सिलसिलामा नेपाल आएकी देशु केही हप्ताको दौडधूपपछि पुनः कर्मथाले फर्किएकी छन् । केही अघि सुरु गरेका रेकर्डिङ र भिडियो सुटिङका अपुरा कामहरुलाई पूरा गरेर उनी फर्किएकी छन् । कर्मथलो एकातिर रहर अर्कैतिर तर पनि मनभरि नेपाली कलासंस्कृतिको बास छ देशुभित्र ।

सङ्गीतप्रतिको लगाव भुकाव र अभिन्न सम्बन्धले वेलायतको व्यस्तताबाट समय निकालेर नेपाल आएकी देशुले गीत तयार पार्ने क्रममा यहाँ धेरै तीता मीठा अनुभूतिहरु गरेकी छिन् । प्रवासमा बस्ने प्रतिभाहरुले पैसा खर्च गरेर मात्र नहुने रहेछ स्वदेशमा रहनेले हामीजस्ता प्रवासीहरुलाई पैसामुखी भएर सम्झिँदा रहेछन्, उनले अनुभव सुनाइन् । पैसा तिरेर पनि सहज सेवा नपाउने यथार्थकमा उनी पनि परेकी छिन् ।


भोजपुर खाताम्छा निवासी माता लक्ष्मी कुमारी तामाङ र पिता राम बहादुर तामाङको कोखबाट जन्मिएकी गायिका देशु स्कुल पढदैदेखि स्थानिय क्षेत्रमा आयोजना हुने कार्यक्रमहरुमा गीत गाउने गर्दथिन् । उनी सानै उमेरमा विटिश गोर्खा लाहुरेसँग बैबाहिक बन्धनमा बाँधिएकी थिईन । विवाहपश्चात्को छोटो समयमा नै श्रीमान ब्रिटिस गोर्खाको जागितिर लागेपछि त्यही एक्लोपनको विरहबाट गीतिलेखनमा लागेकी थिइन् देशु ।

भोजपुरको विकट पहाडी गाउँबाट हङकङ हुँदै सात समुन्द्रपारिको देश वेलायत पुगेकी देशुले उकाली ओराली ढुङ्गे धाराको पानी वनपाखा र गाउँको माया मनभरि बोकेकी थिईन् । पतिको जागिरको कारण सँगै बस्ने सम्भव पनि थिएन लामो समय विरहमा हुन्थिन् उनी । एक्लोपनको वह पोख्दापोख्दै त्यहीबेला उनले धेरै गीत रचना गरेकी थिईन् । बिस्तारै उनका हातहरु गीत लेखनमा अभ्यस्त बन्दै गएका थिए । त्यही क्रमले गर्दा देशुको सिर्जना आजसम्म पनि उत्तिकै सक्रिय छन् ।


अहिले उनी रचना सँगसँगै गायनमा पनि क्रियाशील रहँदै आएकी छिन् । देशुले राज सिग्देलसँग गाएको गीत सायद मलाई बनाए होलान् राम्रो सफलता पाएको गीत बन्यो । तिमीसँगै बोल्दैमा पनि उनको मन छुने गीतमा पर्छ । यी दुई गीतलाई नै अर्जुन पोखरेलले संगीत भरेका छन् । उनका प्राय गीतहरु वियोगान्त शैलीलाई धेरै पछ्याएको भए पनि रोमान्टिङ शैलीमा पनि उत्तिकै सक्रिय देखिन्छ उनको लेखन शैली र गायन ।


भोजपरुको विकट पहाडी गाउँबाट हङकङ हुँदै सात समुन्द्रपारिको देश वेलागत पुगेकी देशुको जीवनले रङ्ग फे¥यो जिन्दगीका धेरै पानाहरु पल्टिए विरहका दिनहरु सकिए तर फरक प्रकृतिको कोमल गला भएकी गायिका देशुको गायकी शैली पनि भिन्न प्रकृतिकै अनुपम उपहारजस्तो रहेको छ । हालसम्म १३ वटा गीत रेकर्ड गरिसकेकी दुशले सायद मलाई बनायो होला दैबले यो दिलको राजा तिमीसँग बोल्दैमा मनैमा राखे तिमीलाई कस्तो भाग्य कोप्यौ दैव र कहिले पीडासँगै बोलको गीत श्रोताले धेरै मन पराएका छन । गीत रेकर्ड गर्दै म्यूजिक भिडियो निर्माण गरेर आफ्नै यूट्यूबमा अपलोड गरेकी छन् । छिट्टै नयाँ एल्कमका गीत तयार पारेर कर्मथलो वेलायत फर्केकी देशु केही समयको बसाईपछि पुनः नेपाल आएर आफ्ना सिर्जनालाई मूर्तरुप दिने योजनामा छिन् । नेपाली मौलिक कलासंस्कृति भोजपुरदेखि धरान हुँदै बेलासम्मको उतारचढावभित्र अझ मजबुत भएर रहेको छ उनीभित्र । गीतसंगीत बुढेसकालको साथी पनि बन्ने गर्छ धेरैको । आफ्नो जिन्दगीको पाटो बदल्दै आएकी देशुले पारिवारिक रुपमा पनि पूर्ण सहयोग पाएको बताउँछिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु