देश विदेशमा कलाकारको ल्होछार

म्यूजिक खबर
प्रकाशित: १५ पुष २०७२, बुधबार

तमुहरुको नयाँ वर्ष ल्होछारको अवसरमा विश्वभरि रहेका नेपालीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी ल्होछार मनाएका छन् । तमु ल्होछारको अवसरमा ग्रेटर वासिङ्टन तमु समाजले आयोजना गरेको हेर्नडोन, भर्जिनियामा भव्य र सभ्य रुपमा ल्होछार मनाइएको छ । उक्त कार्यक्रममा चर्चित कलाकारहरु अन्जना गुरुङ, सिर्जना विरही थापा, कन्हैया सिंह, भगवान भण्डारीले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए । स्थानीय कलाकारहरु समु गुरुङ, किरण शाही, सपना गुरुङ र स्थानीय म्यूजिकल ब्याण्डले सांस्कृतिक प्रस्तुति दिएका थिए । उक्त सांस्कृतिक कार्यक्रमको संयोजन तमु समाजकी उपाध्यक्ष काजिम गुरुङ र ईशा गुरुङ लगायतले गरेका थिए ।

kanhiya-anjana
त्यस्तै युकेमा रहेको तमुधिं युकेले पनि विभिन्न कार्यक्रमका साथ ल्होछार मनाएको छ । जनवरी दुई तारिख शनिबार हुन गइरहेको ल्होछार कार्यक्रमका लागि नेपालबाट कलाकारहरु युके पुगेका छन् भने युकेमा नै रहेका नेपाली कलाकारहरुले पनि सांस्कृतिक प्रस्तृति दिने भएका छन् । नेपालबाट गुरुङ कलाकार संघ नेपालका केन्द्रीय अध्यक्ष एवं नायक राजु गुरुङ, लोकदोहोरी गायिका नीता गुरुङ र मोड जुनु रिजाल सोमबार नै युके पुगिसकेका छन् भने कार्यक्रमकै सिलसिलामा युकेमा रहेका गायक गणेश गुरुङ र कुमारी गुरुङको समेत सांगीतिक प्रस्तुति रहने भएको छ । त्यस्तै उक्त कार्यक्रममा गोर्खा गुरुङ समाज, सोपाल समाज, रोधि परिवार युके, रेडिङ तमु समाज, अल्डरसट युथ र तमुधिं आमा समूहको पनि सांस्कृतिक प्रस्तुति रहने बताइएको छ ।

ganesh gurung
कामको व्यस्तताभित्र रहेर पनि आफ्नो कलासंस्कृति र संस्कारलाई निरन्तरता दिँदै आएका छन् तमु समुदायहरुले । गुरुङ समुदायहरुले जापान, कोरिया, हङकङ, खाडी मुलुक लगायत युरोपका विभिन्न देशहरुमा पनि विभिन्न कार्यक्रमका साथ ल्होछार पर्व मनाइरहेका छन् ।
त्यस्तै मुलुकभित्र पनि ल्होछारको विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । ल्होछारको अवसरमा मुलुकभित्र रहेको चर्चित कलाकारदेखि भर्खरै उदाउँदै गरेका प्रतिभालेसमेत आफुनो भेषभूषामा सजिएर ल्होछारको कार्यक्रम सपन्न गरेका छन् । देशविदेशमा रहेका सम्पूर्ण तमु समुदायहरुलाई म्यूजिकखबर डटकमको तर्फबाट ल्होछारको शुभकामना ।

tamu samaj usa usa

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु