दोहोरीमय गैंडाकोट, स्रष्टाहरु सम्मानित

म्यूजिक खबर
प्रकाशित: ७ मंसिर २०७२, सोमबार

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको १५ औं वार्षिक साधारणसभाको अवसरमा नवलपरासीको गंैडाकोटामा दोहोरी रौनक देखियो । शनिबार उद्घाटन गरिएको उक्त साधारणसभामा दोहोरीको रौनकतासँगै स्रष्टा सम्मान गरिएको थियो । साधारणसभाको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। युवराज खतिवडाले उद्घाटन गरेका थिए । उक्त दिनमा लोकदोहोरी गायक बमबहादुर कार्कीले २०४० मा रेडियो नेपालमा गाएको गीत भेटै नहुने… गाउँदा दर्शकदीर्घामा रौनकता छाएको थियो । त्यस्तै गायिका बिमाकुमारी दुराले पनि आफ्ना दोहोरी, लोकगीतहरुले दर्शकलाई नचाउन सफल भइन् भने प्रतिष्ठानका सल्लाहकारसमेत रहेका अमर विरही गुरुङ, नारायण रायमाझी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने लगायतको पनि प्रस्तुति सफल बनेको थियो ।

dohori song

पछिल्लो पुस्ताका चर्चित गायक पशुपति शर्मा, खुमन अधिकारी, रामजी खाँण, राजु गुरुङ, शिरिष देवकोटा, पुष्कल शर्मा र रामचन्द्र अर्यालले गीत गाएर दर्शकलाई छमछमी नचाए । ६१ जिल्लाबाट २ सय ५० भन्दा बढी कलाकार तथा प्रतिनिधि सहभागी भएको अध्यक्ष शर्माले बातए । कार्यक्रममा गायक बमबहादुर कार्कीलाई स्रष्टा सम्मानसँगै सञ्चारकर्मी सूर्यकुमार क्षत्री र लोकसंगीतमा पीएचडी गर्ने नवराज लम्साललाई पनि सम्मान गरियो । कलाकार कल्याणकारिणी कोषका अध्यक्ष दुर्गा रायमाझीलाई प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्मा नेतृत्वको टोलीले कोषका लागि १० लाख रुपैयाँ हस्तान्तरणसमेत गरी ३५ लाख रुपैयाँको कोष बनाएको प्रतिष्ठानका महासचिव रमेश बिजीले जानकारी दिए । त्यस्तै पाँच लाख रुपैयाँको आकस्मिक कोष बनाइएको प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले जानकारी दिए । उक्त कोषका लागि ‘परदेशी’ फिल्मको टिमले १ लाख रुपैयाँ हस्तान्तरण गरी कोष बृद्धिमा सहयोग गरेको थियो । कलाकार कल्याणकारी कोषको बारेमा कोषका अध्यक्षसमेत रहेका गायक दुर्गा रायमाझीले प्रकाश पारेका थिए ।

dohori
चन्द्र शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारणसभालाई प्रतिष्ठानका महासचिव रमेश बिजीले संचालन गरेका थिए भने गैडाकोटमा कार्यक्रम सफल पार्नका लागि संस्थाका सदस्यसमेत रहेका दिपक खड्काले कार्यक्रमको संयोजन गरेका थिए ।

badri

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु