दौलतको स्वरमै दौलत

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७२, शुक्रबार

ललितपुर । गायक दौलत राईले आफ्नो नयाँ एल्बम ‘लभ यू अल’ सार्वजनिक कार्यक्रममा उनको स्वर पनि नामजस्तै दौलत रहेको बताएका छन् । ललितपुरमा रहेको बिएफबीएस रेडियोबाट प्रत्यक्ष प्रसारणसहित लभ यू अललाई सार्वजनिक गरेका हुन् । वरिष्ठ संगीतकार प्रकाश गुरुङको प्रमुख आतिथ्य एवं कवि गीतकार श्रवण मुकारुङको विशेष आतिथ्यतामा लभ यू अललाई सार्वजनिक गर्दै दौलतको स्वरको प्रशंसा गरिएको हो । उक्त कार्यक्रममा गायक राजेशपायल राई, गायिका पार्वती राई एवं प्रस्तोता समाजका महासविच राई नवीनको पनि आतिथ्यता रहेको थियो भने कार्यक्रम संचारकर्मी एवं अभिनेता सरोज केसीले संचालन गरेका थिए ।
लभ यू अल एल्बममा आइ लभ यू, हरपल आउँछ याद, शिकारी झैं फनफन, किन रोप्नु प¥यो छुरा, जोरै विट्टै मालालगायतका गीतहरु समावेश गरिएका छन् । जसमा सुमन कार्की, रामनाथ घिमिरे, रञ्जना राई, लोकराज अधिकारी, टीका चामलिङको शब्द रहेको छ भने देवेन्द्र राई, जशीहाङ राई लगायतको संगीत रहेको छ । एल्बममा दौलतलाई गायिका मिलन अमात्यले स्वरमा साथ दिएकी छिन् ।

suman_prakash shrestha
कार्यक्रममा गायक राजेशपायल राईले दौलत राईको स्वरको प्रशंसा गर्दै आगामी दिनमा उनको भविश्य राम्रो रहेको बताएका दिए । लभ यू अलमा दौलतले निकै मेहनतका साथ राम्रोसँग गाएका कारण उनको सांगीतिक भविश्यले पक्कै पनि सफलता पाउने आशा व्यक्त गर्दै शुभकामना दिएका थिए । त्यस्तै प्रस्तोता समाजका महासचिव राई नवीन र गायिका पार्वती राईले पनि उनको स्वरको प्रशंसा गर्दै सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा विशेष अतिथि प्राज्ञ श्रवण मुकारुङले उनको स्वरको तारिफ गर्दै यत्तिमै सीमित नभएर अझै भोलिका दिनमा सांगीतिक प्रस्तुतिहरु दिँदै जानुपर्ने बताएका थिए । सफलताको शुभकामना दिँदै मुकारुङले दौलत राईको नामजस्तै स्वरमा पनि दौलत भएको बताएका थिए । त्यस्तै वरिष्ठ संगीतकार एवं कार्यक्रमका प्रमुख अतिथि प्रकाश गुरुङले उनको मेहनतको फल राम्रो मिलेको बताएका थिए । स्वरमा जादू भएको उनको स्वरले बजारमा स्थापित हुने बताउँदै गुरुङले आफ्नो चेलाको प्रगति हेर्न पाउनु खुशीको कुरा भएको बताए ।

shrawan mukarung

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु