द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ

म्यूजिक खबर
प्रकाशित: २५ माघ २०७४, बिहीबार

२५ माघ, काठमाडौं । चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ परेका छन् । उनलाई कलाकारको नाममा विभिन्न व्यक्तिलाई दक्षिण कोरिया पठाएको आरोप प्रहरीले लगाएको छ । बिहीबार केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले खड्गीलाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो ।


दक्षिण कोरीयामा विभिन्न ड्रामा, डकुमेन्ट्री, फिल्म बनाउने भनी कलाकारको नाममा बिभिन्न व्यक्तिहरुलाई पठाई मानव बेचबिखन तथा ओसारपसार गरेको उनीमाथि आरोप लागेको छ । खड्कीले प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँ लिएर दक्षिण कोरियामा लगेर छाड्ने गरेको भन्दै प्रहरीले अनुसन्धान थालेको हो ।

खड्गीले गैरकानुनी रुपमा ११ जना व्यक्तिलाई दक्षिण कोरिया पठाएको सीआईबीको दाबी छ । एक कार्यक्रममा भाग लिने क्रममा दक्षिण कोरिया भएका बेला आफूसँगै लगेर ११ जनालाई उतै राखेको सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो । सोही अनुसन्धानको क्रममा खड्गीलाई ठमेलबाट पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु