द भाइब्बको चुज अर लुज

म्यूजिक खबर
प्रकाशित: २१ कार्तिक २०७०, बिहीबार

नेपाल र अमेरिकामा ख्याति कमाउन सफल नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्व व्याण्डले शुक्रबार सांझ ललितपुरमा आयोजित नेपालका लागि आप्mनो पहिलो कन्सर्टबाट रक संगीतप्रेमीलाई तताएको छ । ललितपुरको पाटन संग््रहालयमा चुज अर लुज शिर्षकमा आयोजित कन्र्सटमा अर्को लोकप्रिय ब्याण्ड अग्लिजको पनि प्रस्तुति रहेको थियो ।
मन्चमा पहिले दर्शकलाई रकिङ गराउन मन्चमा उक्लिएको थियो द भाईब्ज व्याण्ड । व्याण्डमा भोकलिष्ट प्रईन सिंहले दर्शकलाई स्लो रक संग गाएर मनोरन्जन दिलाएको थियो । निर्मोही, तस्वीर तिम्रोलगायतका केही गीत प्रस्तुत गरेर दर्शकलाई रकिङ गराएपछि ब्याण्डका ड्रमर दिरेकलाल श्रेष्ठले आगामी मंसिर ४ गते हुन गईरहेको संविधान सभा सदस्यको निर्वाचनमा मतदान गर्नुपर्नेमा जोड दिए । दिरेकले भने, –‘यसपालीको ईलेक्सनमा ३ करोड ७० लाख जनसंख्यामध्ये १ करोड २१ लाख भोटर्स छन्। त्यसमध्ये २१ लाख विदेशमा छन् भने १८ देखि २५ बर्षका २५ प्रतिशत युवा भोटर्स युवा छन्। उनीहरु भोट दिने मनस्थितीमा छैनन् । तर यी युवाहरुले भोट दिने हो भने ६० बर्षभन्दा माथिका युवा नेताहरु निर्वाचित हुन पाउने छैनन्‘ उनले भने, –‘अब यी युवाहरुको हातमा छ आफ्नो नेता आफैले चुज गर्ने मौका । उनीहरुले भोट दिए भने पोलीटीकल सिनारीयो चेन्ज गर्न सकिन्छ । हामी भोट नदिने अनि नेतालाई गाली मात्रै गरिरहने अधिकार हामीसँग छैन । त्यसैले रिसर्च गरौं र हामेवर्क गरेर भोट दिऔं ।’ दिरेकले एमटीभीले अमेरिकाबाट शुरु गरेको युवाहरुलाई मतअधिार प्रयोग गर्न उत्साहित गर्ने यो अभिनयानलाई हेरेर त्यसैका आधारमा नेपालमा आप्mनो व्याण्डले पहिलोपटक कन्सर्ट प्रस्तुत गर्ने क्रममा चुज अर लुज नाममा कार्यक्रम प्रस्तुत गरेको बताए ।
कन्सर्टका क्रममा भाइब्ज ब्याण्डले आप्mनो समूहको हिट गीतहरु केही सुन, थाकीसकेंसँगै भर्खरै बजारमा आएको एल्वम को हुँ मको टाईटल ट्रयाक को हँु म गाएर दर्शकलाई रकिङ गराएको थियो । व्याण्डले मञ्चबाट बिदा मागे पनि दर्शक भने वान्स मोरको नारा घन्काइरहेका थिए । तर थाकेका व्याण्ड सदस्यले समयको पावन्दीलाई ख्याल राख्दै अर्को रक व्याण्ड द अग्लिज व्याण्डका लागि मञ्च खाली गरिदियो ।
मन्चमा उत्रिएपछि अग्लिजले भने चुपचाप आफ्नो प्रस्तुतिमै केन्द्रीत भयो। अष्ट्रेलियाम रहेका अग्लिजका भोकलिष्ट …. कार्यक्रममा उपस्थित हुन नसकेपछि व्याण्डका तर्पmबाट एउटा नयां रहस्य खुल्यो । सो व्याण्डका ड्रमर दिरेकलाल श्रेष्ठले ड्रम सेट बजाउंदै गीत पनि आपैंmले गाए । हात र खुट्टा दुबै उत्तीकै र एकसाथ परिचालित हुने ड्रमवादन संगै गाउन पनि सक्ने प्रतिभा थोरैको मात्र हुन्छ। दिरेकको यो अद्धितीय प्रतिभासंगै स्वरको समेत सबैले तारिफ गरे । अग्लिजले नजोखेर जोख्न, धेरैपछि भेट भयोलगायतका गीत गाएपछि दर्शकको सांगीतिक प्यास नमेटीदैं ब्याण्डले घोषण गरिदियो ‘अब यो ईभिनीङको लास्ट गीत।‘ त्यसपछि ब्याण्डले आउ“दै जा“दै गर्नु बोलको गीत गाएर सांझको अन्त्य गर्न खाज्यो, तर दर्शकको वान्स मोर आएर धर नपाएपछि ब्याण्डले गीतको धुन बजायो र दर्शकले तालीको फोहोरासहित गाउन थाले। तर गीतको अन्तिम अन्तरा भने ब्याण्डले नै गाउनुपर्ने सर्त राखेपछि ब्याण्डका ड्रमर तथा भोकलीस्ट रकीन श्रेष्ठले गाए र दर्शकस“ग छिप्पिदो सा“झस“गै ब्याण्डले बिदा माग्यो।
द भाइब्जका तर्पmबाट भोकलिष्ट प्रइन र ड्रमर दिरेकलालका साथ गितारिस्ट रुपक लामा र बाँसुरीवादक उमेश पण्डितले रकिङ गराएका थिए। त्यसै गरी अग्लिजका तर्पmबाट ड्रमर तथा भोकलिष्टका रुपमा रकिनलालका साथमा लिड गितारमा सुदिप ताम्राकार, वेस गितारमा माणीक बानियां र किबोर्डमा सचिन बज्राचार्यले रकिङ गराएका थिए। भाइब्जका ड्रमर दिरेकलालले अग्लिज व्याण्डलाई बेस गितार बजाएर समेत सघाएका थिए। उनले अग्लिज भाईहरुको व्याण्ड भए पनि संगीतमा भाइब्ज व्याण्डको दाई भएको चर्चा गरेका थिए ।

 

 

 

kkk-5899

 

 

kkk-5867

 

kkk-5770

 

 

 

lalai-6128

 

kkk-5761

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु