धरानमा भेटिए ‘महाभारतकी मैच्याङ’

म्यूजिक खबर
प्रकाशित: १५ फाल्गुन २०७०, बिहीबार

काठमाडौं । पत्रकार तथा युवा कवि फूलमान बलले पुर्वका कवि श्रष्टा र कविता प्रेमीको मन जित्न सफल भए । साझा प्रकाशनको गरिमा पुरस्कार विजेतासमेत रहेका उनले कविता वाचन गरिरँदा पटक पटक तालिको स्याबासी पाए । ‘महाभारतकी मैच्याङ’ कविता संग्रहका युवा श्रष्टा कवि पहिलोपटक आफ्नो कविता सिर्जना लिएर शनिबार धरान पुगेका थिए । यसअघि पश्चिमको दाङमा ‘महाभारतकी मैच्याङ’ कविता मार्फत प्रस्तुत भएका उनले धरानमा आफ्ना नयाँ तथा पुराना दुई दर्जन कविता सुनाए ।
बुद्धचोकस्थित कवि विमल स्मृति पुस्तकालयमा कलरल र फ्यान क्लव अफ रमेश क्षितिजले गरेको ‘कवि फूलमान वलको एकल कविता वाचन’मा उनले तामाङ जातिको इतिहासलाई कोट्याउदै ‘दोश्रो जुनी’ शीर्षक कविताबाट सुरु गरेर ‘महाभारतकी मैच्याङ्’मा विट मारेका थिए ।
आफु राजधानीमा संचार क्षेत्रमा कार्यरत रहेपनि काठमाण्डौको राजनीतिक चरित्रप्रति शंका र प्रश्नका झटारो हान्न खप्पिस वलले वीच वीचमा भने, ‘मेरा कविताका विम्बहरु ‘सिम्पल’ छन् । जुन म हुर्केको समाज र समुदायस“ग जोडिएका छन् ।’ पुर्वका साहित्यकारहरुबाटै सवैभन्दा बढी साहित्यिक धार, वादहरु जन्मेकाले धरान र आसपासलाई उनले साहित्यकारहरुको बेग्लै राज्य ठानेका रहेछन् ।
उनले ‘भ्यालेन्टाइन डेको जून’, ‘मैले बुद्ध भेट्टाए’, ‘गाउं छाडेको दिन’, ‘रुम न १०३’, ‘शीत लहर’, ‘सरकार र सोनाम योन्जन’, ‘शान्तिको रंग’ ‘महाभारतकी मैच्याङ्’ लगायतका कविता बाचन गरे । कविता गरिहँदा उनले भने, ‘पेशाले संचारकर्मी भएकाले हरेक विषयलाई निश्पक्षरुपमा हेर्ने प्रयास गर्छु तर कविको आंखाले अर्कै देख्छु । यी कविताहरु त्यसैका उपज हुन् ।’
आफुलाई नयाँ पुस्ताकै सिकारु साहित्यकार ठान्ने वलका कवितामा प्राचीनकालदेखि हालसम्म नेपालको महाभारत श्रृङ्खलामा बस्ने समुदायको रहन सहन, बोलिचाली, भेषभूषा, कला संस्कृति, दुख पीडालाई कविता मार्फत उतारेका छन् ।
अग्रज कवि बम देवानले बलको कवितामा सल्वार्टनको पक्ष बलियो भएको बताए । उनले भने, ‘फुलमानका कविताहरुले थिचिएका, मिचिएकाहरुको पक्षमा वकालत गरेका छन् ।’ ‘महाभारतकी मैच्याङ’ कविता संग्रहका प्रकाशक याम्बुरी बुक प्वाइन्टका अध्यक्ष कुयाङ लामाले फूलमान जस्ता साहित्यकारले पनि मुलुकको भाषा साहित्यमा उतिकै योगदान दिने भएकाले राजधानी बाहिरका श्रष्टाका सृजनालाई पनि प्राथमिकता दिएर प्रकाशन गर्न नहिच्किचाउने बताए ।

phulman bal_5 phulman bal_4 phulman bal_3 phulman bal_2 phulman bal_dharan phulman bal

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु