धर्तीमा जून झार्ने सुरमा बलवीर

म्यूजिक खबर
प्रकाशित: १९ आश्विन २०७१, आईतवार

काठमाडौं, १९ असोज । सल्यानका बलवीर चलाउने यतिखेर धर्तीमा जून झार्ने सुरमा छन् । आफ्नो सिर्जनालाई बजारमा ल्याउन छाडेका बलवीर हराएको धेरै समयपछि पुनः धर्तीमा जून झार्नै पर्ने हो र ? भन्ने गीत लिएर बजारमा आएका छन् । अनलाइन रेडियो छाहारी सङ्ग संचालनमा ल्याएका बलवीरले धर्तीमा जून झार्नै पर्ने हो र ? सँगै छैन छैन दिल जलेको र घरबेटी आमैलाई थाहा छैन घरबेटीकी छोरीसँग चक्कर चलेको जस्ता गीत लिएर आउँदैछन् ।
आफ्नै स्वरमा तयार पारिएको यो एल्बममा उनको साथमा राधिका हमालले साथ दिने भएकी छिन् । दिल विक्रमको लय तथा शब्द रहेको यस गीतलाई अक्सिजन मिडियाले बजार व्यवस्थापन गरेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु