धुर्मुस सुन्तलीको वैवाहिक वर्षगाँठको उपहार स्वरुप ‘उनी र म’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १४ मंसिर २०७४, बिहीबार

मंसिर १४, काठमाडौं । कलाकारिताबाट आफ्नो परिचय स्थापित बनाइसकेर निस्वार्थ समाज सेवाबाट नाम फैलाएका व्यक्तित्व हुन् , सिताराम कट्टेल अर्थात, ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को जोडी । आज यी बहुमुखी प्रतिभाका धनी, निस्वार्थ समाजसेवी, राष्ट्रले गौरव गर्न लायक व्यक्तित्व सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तलीको’ १० औं वैवाहिक वर्षगाँठ ।

देशलाई कहिले आफ्नो कलाकारिता त कहिले सेवाको उपहार दिएका धुर्मुस-‘सुन्तलीले आज आफ्नो वैवाहिक वर्षगाँठको  उपलक्ष्यमा हरेक नेपालीलाई एउटा मिठो गीत उपहार दिएका छन् ।

धुर्मुस सुन्तलीको  बिबाह बर्षको १० औ बर्षगाठको शुभ साइत पारेर सो गीतलाई आजै सार्वजनिक गरिएको हो  ।

गीतमा हास्य जोडी धुर्मुस सुन्तलीले आफै अभिनय गरेका छन् केहि दिन अघि देखी प्रचारप्रसार गरिरहेको गितको पोस्टर फेसबुकमा मार्फत सार्बजानिक हुदै आएको थियो  । गितमा राजेशपायल राई र अन्जु पन्तको स्वरमा रहेको गितमा दिनेश थपलियाको शब्दरचना र चर्चित संगितकार अर्जुन पोखरेलको रहेको छ ।

गीत लाई हरि निरौला (कक्रोज) ले कोरियोग्राफी रहेका छन् भने, गितमा सिताराम कट्टेल र कुन्जना घिमिरे को अभिनय रहेको छ । धुर्मुस -सुन्तलीको निर्देशनमा बनेको गितमा प्रकाश कोईरालाको परिकल्पना,टेकेन्द्र शाहको सम्पादन रहेको भने पप्पामा नवराज उप्रेतीको छायांकन रहने छ । यस गितलाई  धुर्मुससुन्तली युटुब च्यानल मार्फत सार्बजानिक गरीएको  छ ।

हेर्नुहोस ‘उनि र म’ को भिडियो 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु