धुर्मुस सुन्तली अभिनित ‘हरियो बिल्ला’को ट्रेलर रिलिज

म्यूजिक खबर
प्रकाशित: २६ असार २०७४, सोमबार

dhurmus-suntali-Hariyo billama

असार २६, काठमाडौं । नेपाली हाँस्यब्याङ्ग्य क्षेत्रका चर्चित हाँस्यकलाकार धुर्मुस सुन्तली उर्फ सिताराम कट्टेल र कुन्जना घिमिरे निर्देशित नेपाली सामाजिक कथाबस्तु बोकेको छोटो सिनेमा हरियो बिल्लाको ट्रेलर सार्बजनिक भएको छ । २ मिनेट २६ सेकेण्ड लामो यस सिनेमाको ट्रेलरले सरसफाई र पारिवारीक प्रेम कथालाई प्रस्तुत गर्न खोजेको छ ।

dhurmus

कमेडि जनरामा निर्माण भएको यस छोटो सिनेमा ग्रामिण खानेपानि तथा सरसफाई कोषका लागि शुभ मिडिया होमले निर्माण गरेको हो । नेपालमा देखिएको सरसफाईको कमिलाई यस छोटो सिनेमाले प्रस्तुत गर्ने छ । दिपक आचार्यले लेखेको यस छोटो सिनेमा धुर्मुस सुन्तलीले निर्देशन गरेका हुन् । हरियो बिल्लामा सिताराम कट्टेल, कुन्जना घिमिरे, कमलमणी नेपाल, अनिता बैजु, जानुका केसी, यादव देवकोटा, सुरज सुनुवार, इन्द्रजित चौलागाँई, बिनोद राई, पल्पसा ढंगोल, लेखान्त भुसाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

suntali

गोकुल अधिकारीले खिचेको यस छोटो सिनेमालाई रबिन भट्टले सम्पादन गरेका हुन्   भने यस सिनेमाको प्रमुख कार्यकारी निर्माताका रुपमा सरोज वली रहेका छन् । नेपालका केही बिकट ठाउँहरुमा अझै पनि सरसफाईको चेतना पुगिनसकेको हुनाले आफुहरुले यस छोटो सिनेमा निर्माण गरेको धुर्मुस सुन्तलीले जानकारी दिए । सरसफाईको कमी रहेको देशैभरीका बिकट गाउँहरुमा यसले प्रभाव पार्ने उनिहरुको बुझाई छ । बुझिएअनुसार यस छोटो सिनेमा निर्माणका लागि धुर्मुस सुन्तली सरसफाई दुत हुदा ग्रामिण खानेपानी तथा सरसफाई कोषले धुर्मुस सुन्तलीलाई जिम्मा दिएको थियो ।
हेर्नुस धुर्मुस सुन्तलीको ‘हरियो बिल्ला’को ट्रेलर यस्तो छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु