धेरैलाई बाँड्दा नपुग्ला माया…. भिडियोमा

म्यूजिक खबर
प्रकाशित: १ कार्तिक २०७१, शनिबार

काठमाडौं, १ कार्तिक । धेरै बाँड्दा नपुग्ला माया मलाई घटाए हुन्छ – मनभित्र राख्ने ठाउँ नै नभए मलाई हटाए हुन्छ । यो पीडा हो गायक प्रमोद खरेलको । गायक खरेललाई कहिले पापी मायाले डुबायो त कहिले त मायाले गर्दा कन्ट्रोल नै नभएर हंगामा भयो । तर यसपाली भने गायक प्रमोद खरेललाई धेरै धोका मिलेछ । किनकी उनकी प्रेमिका स्वच्छ मनकी छ, आफूलाई मात्र माया गर्छे भन्ठानेको त धेरैसँग रमाइलो गर्दै धनसम्पत्ति बटुल्न थालेपछि पीडा पोख्न थालेका हुन् । उनलाई आजभोली यादहरुले बाटो छेक्न थालेको छ । तर पनि आफूलाई घटाएर मनभित्रबाट पनि हटाए हुन्छ भन्छन् तैपनि तिमीबाहेक कोही छैन भन्न पनि पछि परेका छैनन् ।
गीतकार श्रद्धा अधिकारीको शब्दमा संगीतकार अर्जुन पोखरेलले संगीत भरेको गीत धेरैलाई बाँड्दा.. बोलको गीत रिलिज भएको एक हप्ता पनि नपुग्दै चर्चाको शिखरमा रहेको छ । यस म्यूजिक भिडियोमा गायक खरेलको स्वर र अभिनय पनि रहेको छ । केकी अधिकारी, सहज र खरेलको अभिनयले पनि गीतलाई बुलन्द बनाएको छ । म्यूजिक भिडियोलाई विदुर खतिवडाले निर्देशन गरेका हुन् भने हरि हुमागाईले यसलाई खिचेका हुन् । निशान घिमिरेको सम्पादन रहेको यस गीतको म्यूजिक भिडियोलाई डिभाइन म्यूजिकले बजार प्रबद्र्धन गरेको छ ।

dherailai_pramod

 भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु