• धोका दिने मायालुलाई गायिका मेलिनाको शुभकामना (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २२ भाद्र २०७३, बुधबार

    काठमाण्डौ । माया प्रेममा धोका पाएपछि प्रतिशोधको भावना पैदा हुन्छ । विछोड तथा धोकालाईल कसले सहजरुपमा लिन सक्ला र ? तर अहिलेकी चलेकी चर्चित गायिका मेलिना राईले भने धोका दिने प्रेमीलाई शुभकामना दिएकी छिन् । गायिका मेलिनाले वास्तविक जीवनमा भने धोका पाएकी भने होइनन् न त वास्तविक प्रेमीलाई शुभकामना दिएकी हुन् । प्रसङ्ग हो, गायिका राईको सुमधुर स्वरमा भर्खरै सार्वजनिक भएको ‘म भन्दा नि’ बोलको हृदयस्पर्शी मन छुने गीतकोे ।Melina.Rai

    संगीतकार राजकुमारको संगीतमा सुन्दर स्वरमा मेलिनाको गीत सार्वजनिक भएको हो । कवि, गीतकार तथा साहित्यकार सुरेन्द्र महर्जन ‘अमर ’को शब्दमा रहेको सो गीतभित्र गीतकारले गीतमा माया–प्रेम, मिलन–बिछोड, आफूभन्दा जतिसुकै टाढा मायालु रहे पनि माया मायालुलाई दिएको देखिन्छ । यस गीतमा मिलन, विछोड मात्र हैन आफूले मन पराएको मायालुलाई आफूभन्दा टाढा हुँदा पनि आफ्नो प्रेम मायालुलाई दिएको माया अमर हुन्छ, आफ्नो माया अरूलाई हैन उसैलाई हुने र बाचूँन्जेल माया दिने कुरा गीतको शव्दले बताउँछ ।

    आफूले मन पराएकोलाई गीतको माध्यमबाट शुभ–कामना अनि माया एक साथ पोखेको देखिन्छ । गायिका मेलिना राईको सुन्दर आवाजमा रेकर्डिङ भएको गीत हाल कभर भिडियोमा सार्वजनिक गीत चाँडै म्युजिक भिडियोमा पनि सार्वजनिक हुने गीतकार अमरले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु