नजाउन भन्दै राजीव र सिर्जु

म्यूजिक खबर
प्रकाशित: २३ पुष २०७२, बिहीबार

एकअर्कामा माया बसेपछि कसलाई एक्लिन मन हुन्छ र ! मोडलिङको दुनियाँमा रमाउँदै आएका राजीव बलामी र सिर्जु अधिकारी पनि यतिखेर जीवनबाट टाढा नहुन परे हुन्थ्यो भन्नेमा छन् । तर वास्तविकतामा जीवन सधैं एकै ठाउँमा सँगै रहन नपाउने बन्छ भने मायाप्रेममा कहिलेकाहीँ त उतारचढाव आउँछ नै । राजीव र सिर्जुलाई पनि सँगै बस्ने मन छ तर समयसँगको खेलमा उनीहरु टाढिनु पर्ने हुन्छ ।

सन्दर्भ म्यूजिक भिडियो सुटिङको क्रममा हो । राजीव बलामी र सिर्जु अधिकारीले मोडलिङ गरेको म्यूजिक भिडियो ‘नजाउन भनी’ बोलको गीतमा भएका घटना क्रमलाई हामीले यहाँ सम्प्रेषण गरेका हौं । उदय राईको शब्द, बलराम केसीको संगीत रहेको नजाउन भनी बोलको पप गीतमा गम्भीर केसीले स्वर दिएका छन् । नारायण ढकालले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा राजीव बलामी, सिर्जु अधिकारी, कृष्ण श्रेष्ठले अभिनय गरेका छन् भने दिनेश लामाको छायाँकन रहेको छ।

sirju-rajiv

द श्रीराज इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको उक्त म्यूजिक भिडियोलाई एयरपोर्ट, सामाखुशी र नयाँ बजारको दृश्यमा छायाँकन गरिएको थियो ।

4 3 rajib shrestha

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु