नम्रताको हट अवतारमा सबैको ध्यान

म्यूजिक खबर
प्रकाशित: १६ मंसिर २०७४, शनिबार

१६ मंसिर, युएई । दोस्रो म्यूजिक भिडियो अवार्डका लागि यूएई पुगेकी नम्रता सापकोटाको हट अवतारले सबैको ध्यान केन्द्रित गर्न सफल भयो । शुक्रबार साँझ युएईको आबुधाबीमा आयोजित दोश्रो नेपाली म्युजिक भिडियो अवार्डको अवसरमा अभिनेत्री नम्रता सापकोटाको पहिरनले सबैको ध्यान तानेको थियो । जताततै खासखुस नम्रताको मात्रै चल्न पुगेको थियो । तर वास्तविकतामा उनको अभिनयको चर्चा नभइकन उनले लगाएको बक्षस्थल देखिने पहिरनको थियो ।


रातो गाँउनबाट बक्षस्थल नियाल्ने खालको नम्रताको पहिरनले सबैको ध्यान खिच्यो । अवार्ड समारोहमा रहेका क्यामराका फोकसहरू पनि उनी तिरै परे । उनको पहिरनले अवार्डलाई फिका गराइरहेको जस्तो लाग्थ्यो । हुन त अभिनेत्रीहरु कार्यक्रमहरूमा जाँदा सबैको ध्यान आफुतिर आकर्षण गर्छन् नै । बढी पहिरनमा ध्यान दिए पनि गोप्य अंग देखिने पहिरन नम्रताको रोजाइमा पर्ने गरेको चलचित्रकर्मीहरु बताउँछन् । केही अभिनेत्रीहरु यस्ता पहिरनलाई उनीहरु पारदर्र्शी पहिरन भन्न पछि पर्दैनन् । नम्रता लगायतको यो पहिरन पनि त्यस्तो पहिरनको एक उदारहण होला । अहिले यो अरबी मुलुकमा पुगेर लगाइएको नम्रताको पहिरन चर्चा सँगसँगै नकारात्मक टिप्पणी पनि हुन थालेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु