नयाँशक्तिमा कलाशक्तिका प्रकाश भट्ट लगायत थुप्रै कलाकारहरु

म्यूजिक खबर
प्रकाशित: २० पुष २०७३, बुधबार

पौष २०, काठमाण्डौ । नेपालमा देशलाई हाँक्ने शिर्ष व्यक्तित्वहरु लगायत राजनीति नेतृत्वहरुको लोकप्रियता कम भएको पाइन्छ । देशका लागि गर्नु भन्दा आफ्नो स्वार्थका लागि मात्र अघि बढ्ने प्रवृति भएकाले पनि राजनीतिक छवि उचो बनाएका केहि नेतागणरुको समेत लोकप्रियता दिनप्रतिदिन घट्दै गएको हामी सामु छर्लङ्ग छ । यसरी जनमानसमा धेरैले राजनीतिप्रति वितृष्णा व्यक्त गरिरहेको बेलामा पनि कलाकारहरु भने धमाधम राजनीतिक पार्टीको सदस्यता लिइरहेका छन् ।

कलाकारिताबाट नै राम्रो प्रतिष्ठा पाएका धेरै कलाकारहरुले विभिन्न पार्टीमा प्रवेश गर्ने क्रममा तिब्रता भइरहेका बेला थुप्रै राष्ट्रिय कलाशक्तिहरुले नयाँ शक्तिमा प्रवेश गरेका छन् । नयाँ शक्ती नेपालका संयोजक एवं पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र गोरखाली कलाकारहरुबिच काठमाडौमा भएको भेटघाट तथा अन्तर्कृया कार्यक्रममा गोरखाली कलाकाररुले नयाँ शक्तिलाई साथ दिने भएका हुन् । जसमा अधिकांश गायक गायिकाको नै वर्चश्व रहेको छ ।

bburam-bhattrai-birahi-karki

कार्यक्रममा नयाँ शक्ती सम्बद्ध सांस्कृतिक बिभाग गोरखाको समिती पनि निर्माण गरिएको थियो । हजारौं म्यूजिक भिडियोको निर्देशनमा सफल निर्देशक तथा मोडल प्रकाश भट्टको संयोजकत्वमा १७ सदस्यीय कार्यसमिति गठन गरिएको छ । जसमा सुमन बैरागि, रन्जिता गुरुङ ,जानकी तारमी मगर, दिनेश थापा, प्रेम अर्याल ,कोपिला गुरुङ ,सरिता अधिकारी, रन्जित परियार ,सन्जय गुरुङ ,चिजा तामाङ बेलिमाया गोर्खाली, सुनिला गुरुङ, राकेश गुरुङ नारायण ढकाल किशोर लम्साल सागर गुरुङ को समिती गठन गरिएको छ ।

चर्चित लोक गायक बिरही कार्कीले अन्तर्कृया कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए । गोरखा सांस्कृतिक समाजका अध्यक्ष दिप सागर थापाले कलाकारहरुको समस्या र चुनौतीहरु डा.भट्टराईसामु प्रस्तुत गरेका थिए । थापाले अहिले सम्म राजनैतिक दलले कलाकारलाई कारकै रुपमा प्रयोग गरेको गुनासो पोखेका थियो र अब नयाँ शक्तीले कलाकारको हक हितको कुरामा कसरी ग्रहण गर्छ र त्यही अनुसार गोरखालि कलाकार अघि बढ्ने बताए ।

त्यस्तै पत्रकार सुमन वैरागीले कलाकारले मायाप्रेमका विषयमा गाइएका गीतप्रति अरुचि हुने तपाईंलाई आज किन माया प्रेमका गीत गाउने र यिनै गीतमा नाँच्ने उफ्रिनेको साथ चाहियो ? आज यहाँ उपस्थित भएका सबै कलाकार त मायाप्रेमका गीतमा सम्बन्धीत कलाकार छन् नी कसरी सम्बोधन गर्नुहुन्छ ? भनेर जिज्ञासा राख्दा– एक जमानामा माया र प्रेमले नै विकाशको अवरोध हो भन्ने ठम्याई थियो । तर त्यस्तो होइन । मायाप्रेम बिना संसार चल्न सक्दैन । गीत संगीतमा मात्र होइन, हरेक क्षेत्रमा हरेक काममा मायाप्रेम जोडिनु आवश्यक छ । तर माया नै माया र प्रेम नै प्रेमका मात्र गीत सिर्जना हुनुहुँदैन । तपाईंले सिर्जना गरेका गीत संगीतले समाजका लागि पनि भूमिका खेलोस् । भनेर जवाफ दिएका थिए ।

baburam-bhattrai-suman-bairagi

कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ शक्ती नेपालका सांस्कृतिक संयोजक तथा अभिनेत्री करिष्मा मानन्धरले आफूपनि कलाकार भएकै नाताले कलाकारहरुको हित र अधिकार जस्तोसुकै चुनौती सामना गर्न तयार रहेको र कलाकारहरु समृद्धिको लागी गोलबद्द हुन आव्हान गरिन् । भने नबनिर्वाचित संयोजक प्रकाश भट्टले हामी कलाकारहरु कलकारिताको माध्यम बाट नयाँ नेपाल बनाउने नयाँ शक्तीको अभियानमा साथ दिने कुरा जाहेर गरे ।

कलाकारहरुको प्रश्नको उत्तर दिदै नयाँ शक्ती नेपालका संयोजक डा बाबुराम भट्टराईले आफूलाई यो अन्तर्कृयाले झन कर्तव्यबोध भएको र यसरी जमघट हुदा अत्यन्तै खुसी भएको बताए । नयाँ शक्ती पार्टी कलाकारको मात्र समृद्धि नभई पुरै राष्ट्रकै समृद्धि गराउने अभियान मा लागेकोले यो क्षेत्रमा आफ्नो ब्याक्तिगत र पार्टीको तर्फबाट जस्तो सुकै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । डा.भट्टराईले थपे यति धेरै चर्चित कलाकारहरु गोरखामा रहेको आफू अनभिज्ञ रहेकोमा दुखी छु । म गीत सुन्छु तर गोरखाली कलाकारको हो भन्ने थाहा नभएकोले अब त्यस्तो गल्ती नहुनेमा आश्वस्त रहन आग्रह गरे । भट्टराईले भने अब कलाकारहरु कलाकारमा मात्र सिमित नहुने तर आफ्नो क्षेत्रबाट समृद्ध नेपाल बनाउने अभियान हातेमालो गर्न आग्रह गरे ।

लोक तथा दोहोरी गायक सागर गुरुङले संचालन गरेको उक्त अन्र्तकृया कार्यक्रममा बाक्लो संख्यामा गोरखाली कलाकार लगायत अन्य राष्ट्रिय कलाकारहरुको समेत उपस्थिति थियो ।

नेपालको इतिहासमा अभिनय तथा कलाकारितामा अब्बल भएर पनि राजनीतिमा जोडिएका व्यक्तित्वहरु राजनीतिक जीवनमा सफल भएको पाउन मुश्किल छ । सँधै कलाकारलाई पार्टीले प्रयोग मात्र गर्दै आएको हामी सामु प्रष्ट छ । आफ्नो कलाले नै प्रख्यात भएर पनि कुनै पार्टीबाट अछुतो रहन नसकिने बाध्यात्मक परिस्थिति झैं नयाँ शक्तिमा प्रवेश गर्नु भएका सबै कलाशक्तिलाई भने नयाँशक्तिले प्रयोग मात्र नगरोस्, कलाशक्तिले पनि नयाँशक्तिलाई प्रयोग गर्न सकुन्, राजनीतिक जीवनको सफलताको शुभकामना ।

prakash-bhatta

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु