नयाँ गीत ल्याउँदै तुलसी

म्यूजिक खबर
प्रकाशित: १२ श्रावण २०७२, मंगलवार

युरोप । बार्सिलोनामा बस्दै आएका तुलसी शिवाकोटी युरोपका शहरमा निकै चर्चित बनेको नाम हो । गायनको पहिलो खड्किलोमा नै चर्चाको शिखर चुम्न सफल भएका गायक तुलसी शिवाकोटी यतिबेला भने नयाँ गीत लिएर आउँदैछन् । पहिलो गीत कस्तो भयो होला नेपाल मेरो गाउँले पाएको सफलताले उनलाई गायनमा सक्रिय गराएको हो ।  सिवाकोटीको पहिलो गीतको लोकप्रियता सगै फेरी नयाँ गीत लिएर आउन हौसला प्राप्त भएको उनि बताउछन्। पछिल्लो समय साइप्रसमा आफ्नो स्टेज प्रोग्राम समेत गरिसकेका तुलसी नयाँ आधुनिक शैलीको गीतको छायांकन समेत साइप्रस बाटै गरेका छन्।

11787215_1001515939881830_1221233407_n
तिम्रो मेरो प्रेम कहानी बोलको उक्त गानाको छायांकनमा यतिबेला कुशल मोडल तथा कलाकार दिपेन भण्डारी र क्एथ्च्इग्ीब् प्ब्क्ष्श्ब्च् रहेका छन्। उक्त भिडियोको छायाँकन अयकतबक खयबलष्बतष्क को रहेको छ भने पहिलो गीतको समेत निर्देशन गरिसकेका संजय बिक्रम शाहले नै यो भिडियोको निर्देशन गर्ने भएका छन् । यस गीतको शब्द कल्पना खरेलको रहेको छ निरज श्रेष्ठ र रियाज शिवाकोटीको म्यूजिक रहेको छ । यस गीतमा साइप्रसमा रहेका चर्चित मोडलहरुको अभिनय रहेको छ । गायक सिवाकोटी आफ्नो पहिलो गीतजस्तै यो गीत पनि मन पराइदिनेमा ढुक्क रहेका छन् ।

11749810_1001515889881835_893355487_n

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु