नयाँ भाका बिक्री गर्न आलाप रोधी घर संचालनमा

म्यूजिक खबर
प्रकाशित: १६ बैशाख २०७५, आईतवार

१५ बैशाख, काठमाडौं । बाध्यबाधकहरु वर्षौँ सम्मको मेहेनत र परिश्रमले मात्र स्टुडियोमा बजाउन योग्य हुन्छन्, त्यही अथक परिश्रमले नेपालका चर्चित बाँसुरीबादक बन्न सफल रत्न विश्वकर्मा, साराङ्गीबादक हेमन्त कान्छा, मादलबादकहरु पोषण घर्तिमगर, सञ्जय श्रीपाल, दीपक समिप र गीतार बादक राजकुमार समाल जस्ता चर्चित बाध्यबादकहरुका साथ झलक सँगीतम्ले आलाप दोहोरी घर शुरु गरेका छन् ।
राम्रा स्वर भएका उत्कृष्ट दोहोरी गाउन सक्ने दाहोरी गायक गायीकाहरुलाई नयाँ भाकाहरुमा दोहोरी गाउन आमन्त्रण गरी त्यसै भाकामा प्रत्यक्ष दोहोरीको भिडीयो तयार गर्ने र ‘सृजनाको बैंक’ मा सँचित गरी दोहोरी गीत सँगीतमा लगानी गर्ने लगानी कर्ता समक्ष पु¥याउने अनि स्टुडियोमा गीतको रेकर्डिङ प्रक्रिया अगाडी बढाउने बताएका छन् सँगीतम्ले ।


लगानी कर्ता पुरुष गायक आएमा सोही गीतको प्रत्यक्ष दोहोरी गायीका र लगानीकर्ता महिला गायीका आएमा सोही गीतको प्रत्यक्ष दोहोरी गायकको स्वर रेकर्डिङमा राख्न अनिवार्य हुनेछ तथा लगानीकर्ताले आफ्नो तर्फबाट गायक अथवा गायीका मध्ये एक मात्र छान्न पाउने छन् भनि सँचालक झलक सँगीतम्ले जानकारी दिएका छन् ।

यस कार्यले नयाँ सृजना र आर्थिक अभाव भएका गायक गायीकाहरुलाई टेवा पुग्ने भएकोले हाम्रो तर्फबाट पनि स्वागत गरी सफलताको शुभकामना व्यक्त गर्दछौँ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु