नयाँ संविधानसँगै नयाँ एल्बम ‘शिबबुक’

म्यूजिक खबर
प्रकाशित: ५ आश्विन २०७२, मंगलवार

काठमाडौं । पछिल्लो समयमा पूर्विय शास्त्रीय संगीतका साधक अनि सुगम संगीतका शिखर पुरुष गायक शिब परियार । हाल यिनै सुगम संगीतमा व्यस्त अनि चर्तित गायक परियारले नयाँ एल्बम ‘शिबबुक’ सार्वजनिक गरेकाछन् । नेपाली सांगीतिक धरातलमा दिन प्रतिदिन क्रेज बढाउन सफल भएका परियारले आफ्नो दशौं एल्बमको रुपमा ‘शिबबुक’ बजारमा ल्याएका हुन् । । यसअघि मोक्ष, स्वयम, कादम्बिनी, क्या दामी, फाटेको मन, पागल, कथाले मागेपछी, Only You, मेरो साथी,टाढाको साथी लगायतका ९ एल्बम नेपाली सांगीतिक क्षेत्रमा ल्याइसकेका गायक परियारले दशौं कोशेली स्वरुप ‘शिबबुक’ प्रस्तुत गरेका हुन् ।
नेपालीहरुले आफ्नो जनचाहना अनुरुप करिब सात दशक पछी नयाँ नेपालको नयाँ संबिधान २०७२ पाएको खुशी सँगै नेपाली संगीतप्रेमी माझ उपहार छाडेको उनि बताउँछन् । नेपाली सांगीतिक धरातलमा नयाँ नेपालले नयाँ संविधान प्राप्त गरे पश्चात सम्भवतः यो पहिलो संग्रह हो ।
सुहाना रणपालको प्रस्तुती रहेको ‘शिबबुक’को असोज ४ गते एक समारोह बिच बरिस्ठ संगीत सर्जक, गायक तथा संगीतकार बुलु मुकारुङको हातबाट सार्वजनिक गरिएको हो । जिनियस म्युजिकले बजार ब्यबस्थापनको जिम्मा लिएको ‘शिबबुक’मा यमन सुबेदी , पुश्प दाहाल, निहारिका लक्ष्मी शाही, रमेश अधिकारी, लोकराज अधिकारी, बिबश बलिभद्र कोइराला र राजु थापाका शब्द रहेका छन ।

shiva pariyar
७ गीत संग्रहित एल्बमका ६ गीतमा शिव आँफैले संगीत भरेका छन् भने संग्रहको ‘पिलायो साथीले‘ बोलको गीतलाई तारा प्रकाश लिम्बुले संगीत दिएका छन् । नेपाली सांगीतिक बजारमा यस् संग्रहका गीतहरु फेसबुकले, गालैको कोठी, रुपौली रानी लगायतका गीतहरु अत्यन्त चर्चामा रहन सफल भैसकेका छन भने पिलायो साथीले गीत हालको बजारमा अग्रस्थानमा रहेको छ । यस् संग्रहका ५ गीतको म्युजिक भिडियो तयार भैसकेको छ भने बाँकी २ गीतको पनि म्युजिक भिडियो निर्माणको तयारीमा रहेको छ ।

shivabook

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु