नरेन्द प्यासीको ‘वर्णन’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २६ फाल्गुन २०७०, सोमबार

काठमाडौं, २६ फागुन । चर्चित गायक नरेन्द्र प्यासीले एकल संगीत र गायनमा गीति संग्रह ‘वर्णन’ बजारमा आएको छ । आइतवार राजधानीमा उक्त एल्बम्को बिमोचन गरिएको थियो । एल्बम्लाई गायक प्यासी, लोक सञ्चारकर्मी नेपालका अध्यक्ष गोबिन्द गिरी ‘प्रेरणा’ र पशुपति म्युजिक प्रालिका सञ्चालक शिव पौडेलले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । गीति संग्रहमा पुरन थापाका एकल गीत रहेका छन् । एल्बम्मा ‘चन्द्रमाले रोइ माग्यो’, ‘छैन तारा सगरमा’, ‘कस्तो भेट भयो आज’, ‘एउटी परी’ लगायत आठवटा गीत समाहित छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु