नवलले ल्याए तारा विना जून

म्यूजिक खबर
प्रकाशित: १७ श्रावण २०७२, आईतवार

काठमाडौं । एल्बमका लागि गीत रेकर्ड गरे पनि कलाकारहरु जुन गीत रेकर्ड भयो अनि भिडियो बनायो त्यसपछि रिलिज गरिहाल्ने गर्छन् । पछिल्लो समय एल्बमभन्दा पहिले म्युजिक भिडियो रिलिज गर्ने क्रम बढ्दो छ । यही शैली पछ्याउँदै गायक नवल राईले पनि आफ्नो एकल एल्बम आशमा समेटिएको गीत तारा विना जुनको भिडियो सार्वजनीक गरेका छन । ‘एल्बम रिलिज गर्नुभन्दा अगाडी श्रोता दर्शकमाझ एउटा म्युजीक भिडियो ल्याएको हुँ’, भीडीयो विमोचन समारोहमा गायक नवलले भने, ‘यो मलाई मनपर्ने गीत भएकाले एल्बमभन्दा अगाडी नै रिलिज गरेको हुँ।’ यस गीतमा शनम पुरुषको शब्द, ओमप्रकाश राईको संगीत रहेको छ ।

Nabal Rai (1)
नम्रता योगी, सिजन राई, श्याम नेपालीले मोडलिङ गरेको यस म्युजिक भिडियोको निर्देशन गायक नवल आफैंले गरेका छन । भीडीयो तिनपिप्ले भ्युटावर, काठमाडौंलगायतका विभिन्न स्थानमा छायांकन गरिएको छ ।
सुनसरीको इनरुवा निवासी गायक नवल राई सानैदेखी गायनमा रुची राख्थे । कृष्ण योञ्जनबाट साश्त्रिय संगीत सिकेका उनी अहिले रेडियो नेपालमा गायनसम्बन्धी प्रशिक्षण लिँदै आएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु