नवल भन्छन्, ‘ताराविना जुन हुन्न’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ५ भाद्र २०७२, शनिबार

nawal Raiकाठमाडौं । गायक नवल राईले आफ्नो एकल एल्बम ‘आश’ मा समेटिएको ‘तारा बिना जुन हुन्न’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । सज्जा र भुल्न खोजे कलेक्सन एल्बममा स्वर दिइसकेका उनी अहिले पहिलो एकल एल्बम ‘आश’को तयारी गर्दैछन् । यसैबेला एल्बमा संगृहीत ‘ताराविना जुन हुन्न’ गीतको भिडियो रिलिज गरेका हुन् । उनको आफ्नै निर्देशनमा रहेको उक्त गीतमा सनम पुरुषको शब्द र ओमप्रकाश राईको संगीत रहेको छ । भिडियोको छायांकन र सम्पादन बिरेन्द्र भाट (बिपिन) ले गरेका छन् । उक्त गीतमा नम्रता योगी, श्याम नेपाली र सिजन राईले मोडलिड गरेका छन् । ०६६ सालमा ‘बिबश’ बोलको गीत रेकर्डिङ गराएर सांगीतिक यात्रा सुरु गरेका नवलले संगीत प्रशिक्षण पनि लिँदै आएको बताए । सुनसरी निवासी गायक नवलले भने, ‘गीतको राम्रो फिडब्याक आइरहेकाले चाँडै एल्बम ल्याउँने तयारी गर्दै छु ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु