नविन, अल्मोडा र एन्जिलाको ‘दिलको भित्तै’मा कार्टुन्ज क्रुको डान्स (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ६ मंसिर २०७४, बुधबार

मङ्सिर ६, काठमाडौं । नेपालको चर्चित डान्स ग्रुप द कार्टुन्ज क्रुको नयाँ भिडियो आज सार्वजानिक भएको छ । ‘दिलको भित्तै’मा बोलको यो गितमा नविन रावल,अल्मोडा राना उप्रेती र एन्जिला रेग्मीको स्वर छ । भिडियोमा कार्टुन्ज क्रु को गज्जब गज्जबको डान्स स्टेपहरु देख्न सकिन्छ । कलेज लाईफमा हुने रोचक दृष्यहरु समेटिएको यो भिडियोमा आश्मा विश्वकर्मा र सरोज अधिकारीको लभ सिक्वेन्स पनि हेर्न लायकको छ ।

स्वयं गायक समेत रहेका नविन रावलकै संगितमा तयार गितलाई मिलन विष्टले लेखेका हुन । रमाईला शब्दहरु लेख्न माहिर गितकार मिलन विष्ट भिडियोमा होस्टेल वार्डनको भुमिकामा समेत देखिएका छन ।

गायक नविन र एन्जिलालाई भिडियोको अन्तिममा शिक्षकको रुपमा रोचक तवरले प्रस्तुत गरिएको छ । नयाँ नयाँ क्रियशन गर्दै भिडियोलाई मसालेदार बनाउने डान्स ग्रुपको रुपमा चिनिएको कार्टुन्ज क्रु को यो भिडियोलाई सार्वजानिक भएको केही समयमै हजारौ राम्रा राम्रा लाईक र कमेन्टहरु प्राप्त भैरहेका छन ।

काठमाडौ मोडल कलेजमा सुटिङ्ग गरिएको यस भिडियोमा रामेश्वर कार्कीको छायाङ्कन,प्रविन श्रेष्ठको सम्पादन रहेको छ भने एरेन्ज चर्चित गायक तथा एरेन्जर अल्मोडा राना उप्रेतीनै ले गरेका हुन ।

हेर्नुहोस तपाई पनि भिडियो::

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु